site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध जनकपुरको खराब सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावरप्लेमा खराब सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरको समाप्तिमा २६ रन जोड्दा तीन विकेट गुमाएको छ । जनकपुरबाट हाल क्रिजमा रहेका हर्ष थाकेर र आकाश त्रिपाठी क्रमशः चार र नौ रनमा खेलिरहेका छन् ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार व्यहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपरेको हो ।

यो खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro