प्रविधि
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाको माइक्रोब्लगिङ प्लेटफर्म थ्रेड्सका सक्रिय प्रयोगकर्ता दश करोड पुगेको बताइएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले सोमबार थ्रेड्सका दैनिक सक्रिय प्रयोगकर्ता दश करोड पुगेको बताएका हुन् ।
थ्रेड्सले आफ्नो मासिक सक्रिय प्रयोगकर्ताको जानकारी दिँदै आएको भए पनि कम्पनीले पहिलोपटक दैनिक सक्रिय प्रयोगकर्ताको तथ्यांक बताएको हो ।
थ्रेड्सले ब्लुस्कीसँगको प्रतिस्पर्धामा आफ्नो प्रयोगकर्ताको तथ्यांक नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । पछिल्ला महिनाहरूमा आफ्नो प्लेटफर्ममा प्रयोगकर्तालाई आर्कषण गर्न विभिन्न नयाँ नयाँ फिचर सार्वजनिक गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १६:०८
प्रतिक्रिया दिनुहोस्