site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
कति ठूलो छ ब्रह्माण्ड, सूर्यपछि नजिकको तारा प्रोक्सिमा सेञ्चुरी पुग्न सकिएला ?

काठमाडौं । ब्रह्माण्ड कति ठूलो छ भन्ने कुरा गणितीय हिसाब मात्रै नभएर कल्पनाभन्दा बाहिर छ । हालसम्म अवलोकन गर्न सकिएको ब्रह्माण्डमा दुई ट्रिलियनभन्दा बढी तारापुञ्जहरू रहेको अनुमान छ ।

तारापुञ्ज के हो ?
तारापुञ्ज भनेको गुरुत्वाकर्षण बलले बाँधिएका ताराहरूको संग्रह हो । हामी रहेको तारापुञ्जको नाम आकाशगंगा अथवा मिल्की वे तारापुञ्ज हो ।

हाम्रो तारापुञ्जमा एकसय अर्बदेखि चारसय अर्ब ताराहरू रहेको अनुमान छ । आकाशगंगाको चौडाइ एक लाख प्रकाश वर्ष छ । यसरी हेर्दा यो निकै ठूलो लाग्छ तर अन्य तारापुञ्जसँग तुलना गर्ने हो भने यो ठूलो हैन । आकाशगंगाको निकटतम एन्ड्रोमेडा तारापुञ्ज दुई लाख २० हजार प्रकाश वर्ष चौडाइ छ । एक अर्काे तारापुञ्ज आईसी ११०१ को चौडाइ ४० लाख प्रकाश वर्ष छ ।

Dabur Nepal
NIC Asia

प्रकाश वर्ष के हो ?
प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई एक प्रकाश वर्ष भनिन्छ । प्रकाशको गति करिब तीनलाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ । यसरी हिसाब गर्दा एक वर्षमा प्रकाशले ९.५ ट्रिलियन किलोमिटर दुरी पार गर्छ । सूर्यबाट पृथ्वी आठ प्रकाश मिनेट मात्रै टाढा छ ।

प्रोक्सिमा सेञ्चुरी कति टाढा छ ?
पृथ्वीसहित आठ ग्रह रहेको सौर्यमण्डलमा हामी बस्छौँ, हाम्रो तारा सूर्य हो । सूर्यपछि नजिक रहेको अर्काे तारा प्रोक्सिमा सेञ्चुरी पुग्न पृथ्वीबाट ४.२५ प्रकाश वर्ष लाग्छ ।

प्रकाशको गतिमा यात्रा गर्न अहिलेको फिजिक्सका अनुसार असम्भव छ । फोटोन अथवा प्रकाशको पार्टिकल बनेमा मात्रै यो गतिमा जान सकिन्छ ।

त्यसैले हालका विमानबाट यात्रा गर्ने हो भने ४.२५ प्रकाश वर्ष अथवा ३८ ट्रिलियन किलोमिटरभन्दा बढी टाढा रहेको प्रोक्सिमा सेञ्चुरी पुग्न ५० लाख वर्ष लाग्छ । प्रोक्सिमा सेञ्चुरी बस्न योग्य तारा भने हैन ।

कुनै ताराको ग्रह बस्न योग्य होला ?
एक्जोप्लानेट अर्थात् सूर्यबाहेक अन्य ताराको परिक्रमा गर्ने ग्रह । नासाको केप्लर स्पेस टेलिस्कोपको अन्वेषणका आधारमा अनुमान गर्ने हो भने हरेक तारालाई परिक्रमा गर्ने कम्तीमा एउटा ग्रह हुने गरेको देखिन्छ । हाम्रो आकाशगंगा तारापुञ्जमा अर्बाैं ताराहरू छन् र यी ताराहरूका कयौँ ट्रिलियन ग्रहहरू छन् ।

तर। केप्लर र अन्य टेलिस्कोपबाट तीन हजार ९०० भन्दाबढी एक्जोप्लानेट मात्रै पत्ता लागेका छन् । यीमध्ये धेरैजसो साना छन् र यिनीहरूमा पानी तरल रूपमा हुनसक्ने किसिमको तापक्रम छ । यसले पृथ्वीभन्दा पर कुनै किसिमको जीवनको सम्भावना हुनसक्ने तर पुष्टि हुन नसकेको सम्भावना गर्छ ।

बलियो सम्भावना भएको कुन छ ?
पृथ्वीबाट ४० प्रकाश वर्ष टाढा रहेको ट्रापिस्ट–१ तारामण्डलमा सात ग्रह छन् । पृथ्वी समान आकारका यी ग्रहहरू चट्टानी छन् । चारवटा ग्रह ह्याबिटेल अथवा बस्नयोग्य दुरीबाट आफ्नो ताराको परिक्रमा गरिरहेका छन् । ती चार ग्रहको सतहमा पानी तरल रूपमा हुनसक्ने सम्भावना छ ।

कम्प्युटर मोडलिङबाट पानी एवं बरफ हुनसक्ने ठानिएका यी ग्रह्मा वायुमण्डल, समुद्र एवं बस्नयोग्य भए नभएको संकेतहरूमा थप अन्वेषणले आउँदा वर्षमा देखाउने अपेक्षा गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro