खेल
काठमाडौँ । विश्व फुटबलको सर्वाच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियातामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको छ ।
फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपाल यसअघि १ सय ८३ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रहरुको बरियता भने तेस्रो स्थानमा रहेको छ ।
दक्षिण एशियामा भारत १ सय ५२ औं स्थानका साथ शिर्ष स्थानमा छ । भारतले यसपटक ११ स्थान सुधार गरेको हो । भारतपछि दक्षिण एशियामा माल्दिभ्स १ सय ७४ औं स्थानमा यथावत छ भने २ स्थान झरेको बंगलादेश १ सय ८३ औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान १ सय ९२ औ , श्रीलंका १ सय ९३ र पाकिस्तान १ सय ९४ औं स्थानमा छन् ।
फिफाले सार्वजनिक गरेको फिफा बरियताको शिर्ष स्थानमा अर्जेन्टिना यथावत रहेको छ । त्यस्तै बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् ।
युरो कप बिजेता पोर्चुगल भने २ स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने युरोकप उपविजेता फ्रान्स सातौं स्थानमा उक्लिएको छ । त्यस्तै नयाँ बरियतामा स्पेन आठौं, ब्राजिल नोवौं र इटली १० औं स्थानमा छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३ १६:२३
प्रतिक्रिया दिनुहोस्