site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कर्पोरेट बास्केटबल शनिबार र आइतबार हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गेटसेटगेमको आयोजनामा आउँदो शनिबार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । माम्बा स्पोर्ट्स सेन्टरमा यही अप्रिल २७ र २८ मा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ चार टिमको सहभागिता हुनेछ । 

पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ सिंगल राउन्ड रोविनका आधारमा खेल खेलाइने प्रतियोगिताको निर्देशक श्रेया खड्काले जानकारी दिइन् । कर्पोरेट क्षेत्रमा लागेकाहरूलाई खेलकुदको मनोरञ्जन दिने र रिक्रियसनका लागि प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितालाई नेपाल बास्केटबल संघ (नेबा)ले पनि सहयोग गरेको छ । यस्तै, अन्य सहयोगीमा जी क्याफे, भाटभटेनी, न्युट्रब्लेन्ड, एरोज सोलुसन, सुश्री मिडिया तथा हाइड्रेसन पार्टनर अक्वाफिना, फुट पार्टनरमा पेप पिजा छन् । रमोसन पार्टनर एड्भेन्चर डिजिटल रहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्विनीभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इनभेष्टमेन्ट मेगा बैँक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्वीफ्ट टेक्नोलजी छन् । यस्तै महिलातर्फ नेपाल इनभेष्टमेन्ट मेगा बैंक, क्विनीभर्स र आइएमई पेसहित रेडक्ट नेपाल छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय