site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फाले हेलचेक्र्याइँ गरेको भन्दै ‘सी’ डिभिजन लिगका क्लबले खेल्न मानेनन् 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूको ध्यानाकषर्णमा हेलचेक्र्याइँ गरेको भन्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगका क्लबहरूले खेल नै बहिष्कार गरेका छन् । गत सोमबार लिगमा आबद्ध क्लबहरूले आरसी–३२ फुटबल एकेडेमीले अर्को क्लबमा आबद्ध खेलाडीलाई नियमविपरीत खेलाएको भन्दै एन्फालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

लिगका नौ क्लबहरूले एन्फालाई खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम स्मरण गराउँदै आरसी–३२ ले ‘बी’ डिभिजन क्लब झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको समेत माग गरेका थिए । एन्फा अध्यक्षलाई पत्र बुझाउनेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, गोलबजार स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र छन् । 

तर, एन्फाले यसबारे आवश्यक कदम नचालेको भन्दै शुक्रबार लिग अन्तर्गतको खेल खेल्न अस्वीकार गरेका हुन् । “हामीले बुझाएको पत्रप्रति एन्फाले आवश्यक कदम नचालेर हेलचेक्र्याइँपूर्ण व्यवहार देखाएको हुँदा क्लबहरूले खेल्न नमानेका हुन्,” ‘सी’ डिभिजन लिगका संयोजक दिवाकर घलेले बाह्रखरीसँग भने । 

घले ‘सी’ डिभिजन लिगकै क्लब महावीर स्ट्डिज एन्ड एथ्लेटिक्स एसोसियसनका अध्यक्ष समेत हुन् । लिगमा आज दिउँसो १ बजेदेखि स्वयम्भू क्लब र सामाजिक युथ क्लबले प्रतिस्पर्धा गर्ने तालिका थियो । तर, हालसम्म दुवै क्लबले मैदान उत्रिन अस्वीकार गरेका छन् । आजै हुने दोस्रो खेलमा आरसी–३२ फुटबल क्लबले सोसल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबविरुद्ध खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro