site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा र साउदी अरेबियन तेल कम्पनी अराम्कोबीच सम्झौता 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राज्यको स्वामित्व भएको साउदी अरेबियन तेल कम्पनी अराम्कोसँग सहकार्यको घोषणा गरेको छ । सहकार्यअनुसार फिफा र अराम्कोबीच सन् २०२७ सम्मको प्रायोजना अधिकार सम्झौता रहनेछ । 

अराम्कोले सन् २०२६ मा हुने पुरुष विश्वकप र २०२७ मा हुने महिला विश्वकपका लागि फिफालाई प्रायोजन गर्नेछ । पछिल्लो समय खेलकुदमा लगानी बढाइरहेको अराम्कोले यसअघि फर्मुला वान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग पनि प्रायोजन सम्झौता गरेको छ ।

“अराम्कोको बलियो र विश्वस्तरीय प्रतियोगिताहरूलाई सहयोग गरेको इतिहास रहेको छ । साथै, यसले खेलकुदका ग्रासरुट कार्यक्रममा पनि ध्यान दिँदै आइरहेको छ,” फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro