site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवाको राजनीति र नेपाल

'युवा' शब्दले १५ वर्षदेखि ३५ वर्षसम्मको उमेरको व्यक्तिलाई जनाउँछ । युवालाई समाजमा राजनीतिक दृष्टिकोणबाट उत्साही, नवीन र निर्धारितरूपमा सक्रिय भनेर पनि परिभाषित गर्न सकिन्छ । युवाले भविष्यको नेतृत्व, आदर्श, र समाजको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

युवाको राजनीति आजकल विशेष महत्त्वपूर्ण हुन पुगेको छ । यसको कारण युवा विभिन्न समस्यामा सजिलै परिचित हुने, राष्ट्रिय र सांस्कृतिक विषयमा सक्रिय सहभागी हुने र नयाँ विचार एवं उद्देश्यहरूलाई सामाजिक परिवर्तनमा ल्याउने जमर्को गर्ने हुनु नै हो । 

विश्वको इतिहासमा पनि युवाको राजनीतिक सक्रियता र भूमिका महत्त्वपूर्ण रहेको छ । ऐतिहासिक घटनाहरूमा युवाको उत्साह, आवाज र प्रेरणात्मक भूमिका देखिएको छ । उदाहरणका रूपमा युवाले फ्रान्सको जनक्रान्त्रि, अमेरिकाको स्वतन्त्रता संग्राम, भारतको स्वतन्त्रता आन्दोलन, चीनको ग्रेट कलर रेभल्युन, रुसको बोल्सेभिक क्रान्ति, जर्मनीको बर्लिन पर्खाल ढाल्ने आन्दोलन, तथा अरब संघर्षका अनेकौं उदाहरण देख्न सकिन्छ । विश्व इतिहासलाई सिंहावलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भने पनि विसं. १९९७ को राणाविरोधी आन्दोलनमा गंगालालहरूको भूमिकादेखि यता विसं. २००७, विसं. २०१४, विसं. २०३६, विसं. २०४६ को जनआन्दोलन, विसं. २०५२ देखि संचालित सशस्त्र विद्रोह र मुख्यत: विसं. २०६२/६३ को जनआन्दोलनमा युवाको योगदान अतुलनीय थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

इतिहासका यस्ता कठिन मोडमा समेत विचलित नभईकन राष्ट्र निर्माणको महाअभियानमा समर्पित बन्न चाहने शक्ति र सामार्थ्यका धनी नेपाली युवा आज बेरोजगारीको पीडासँगै विदेशको बाटो लाग्न विवश छन् ।

आजको परिस्थिति र युवा राजनीति

Global Ime bank

अहिले नेपालमा युवाले राजनितिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अवस्था छ । तिनले नयाँ दृष्टिकोण, नयाँ विचार र सक्रियता ल्याउने चेष्टा पनि गरेका छन् ।  देशले नयाँ संविधान पाए पनि सबैले अपनत्व महसुस गर्न सकेनन् । वर्षौंदेखिको उही पुरानो संसदीय व्यवस्थाभित्र सरकार अदलबदल, पार्टी टुटफुटका शृंखला चलिरह्यो ।

राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुग्यो । अवस्था उही रहेन । नेकपालाई जनताले ५ वर्षको म्यान्डेड दिएर पठाए । झन्डै दुईतिहाइको बलशाली सरकार केपी ओलीको नेतृत्वमा निर्माण भयो ।

नेपाली जनताको आशावादी भए । तर ओली सरकारले सम्झनालायक कुनै काम गर्न सकेन । 

युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणमा समेट्नु आजको आवश्यकता हो ।

युवा नेतृत्वको कुरा गर्दा हाम्रो समाज अनि सामाजिक संस्थाहरूले युवा राजनीतिलाई कसरी लिन्छन् भन्ने अर्को महत्त्वपूर्ण विषय हो । हामीकहाँ राजनीतिमा लाग्ने युवा नेतृत्वलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । सक्षम युवा नेतृत्वको खोजी गर्दा आफ्ना छोरा वा भाइभतिज भने सकेसम्म राजनीतिबाट टाढै बसुन् भन्ने ठानिन्छ । हाइस्कुलसम्मको पढाइमा राजनीतिमा लाग्नुलाई नकारात्मकरूपमा चित्रण गरिन्छ । विश्वविद्यालयमा राजनीति भनेकै आन्दोलन हो भन्ने सिकाइएको हुन्छ । अनि परिकल्पना भने सक्षम युवा राजनीतिक नेतृत्वकै रहिरहन्छ ।

देशमा युवा नेतृत्वको आवश्यकता बोध न राज्यले गरेको छ न समयसमयमा युवालाई प्रयोग गरेर माथि उठेका राजनीतिक नेतृत्व वा नागरिक समाजले नै । न त हाम्रा विश्वविद्यालय र हाम्रो सामाजिक संरचनाले नै । हामीले अहिले भोगेको युवा नेतृत्वको संकटको मूल जरो यही नै हो । नेपालले छोटो समयमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन गरे पनि राजनीतिमा असल लोकतान्त्रिक संस्कारको जग बस्न नसक्नुको कारण पनि यही हो ।

नेपाली युवालाई राजनीतिक क्षेत्रमा आउनु बाध्यता कि रहर भन्ने सन्दर्भमा बढ्दो भ्रष्टाचार, गैरजिम्मेवारी, अपराध खस्किदो शैक्षिक स्तर, नैतिकहीनता आदिले गर्दा युवामा राजनीति प्रति रुची बढ्नु सामान्य नै हो ।  अहिलेको समयमा नेपाली युवाले राजनीतिमा ध्यान दिनुपर्ने कुरामध्ये केही यस प्रकार छन् : 

१.    नैतिकता र मूल्य - युवाले राजनीतीमा प्रवेश गर्दा नैतिकता, इमानदारी र दयाको मूल्यलाई ध्यानमा राख्नुपर्छ । यो राजनीतिक क्षेत्रमा स्वयंसेवी, नैतिक र दयालु नेतृत्व प्रदान गर्न सहायक हुनेछ ।

२.    शिक्षा र जागरुकता - युवाले राजनीतिक प्रक्रिया र नीति निर्माणमा सहभागी हुन अध्ययन गर्ने, जागरुक हुने र विवेकपूर्ण निर्णय गर्नु आवश्यक छ ।
विसं ०६२/६३ पछि नेपालमा युवा नेतृत्वको पुस्तान्तरण भएन । स्थापित युवा नेतृत्वले आफू पछि आउने पुस्तालाई मार्गनिर्देश गर्न चुक्यो र त्यो सिलसिला आजसम्म पनि जारी छ ।

वर्तमान अझ भनौ २०७९ को निर्वाचन र त्यसपछिको परिवेशलाई हेर्दा स्थानीय र संघीय चुनावमा युवाको चासो धेरै नै बढेको छ । यससँगै बालेनले सामाजिक सञ्जालमा राखेको विचारले उनको चुनावी वातावरणलाई तताउन ठूलो सहयोग गरेको र काठमाडौंका मतदाताको मन जित्न प्रमुख भूमिका खेलेको देख्न सकिन्छ । अर्का धरानका हर्क  साम्पाङलाई पनि यसरी नै लिन सकिन्छ ।

काठमाडौंका गैरकानुनी संरचनालाई भत्काउने वा धरानमा खानेपानी आपूर्तिका लागि ढुङ्गा बोक्ने उदाहरणीय कार्यको प्रदर्शन गरेर बालेन-हर्कले लामो समयदेखि निराश र राजनीतिकरूपमा सत्ताबाट विमुख युवाका लागि प्रेरणादायी बनेका छन् । बालेन-हर्कले आगामी चुनावमा स्वतन्त्ररूपमा लड्न नेपाल भरका युवालाई प्रेरित गरेको देखिन्छ ।

स्वतन्त्र राजनीतिका चुनौतीहरू

आगामी निर्वाचनमा वा समग्र नेपाली राजनीतिक दलको राजनीतिमा बालेन-हर्क प्रभावले स्वतन्त्र उमेदवारीका रूपमा उत्पन्न हुने चुनौतीहरूलाई संक्षिप्तमा तीन किसिमले लिन सकिन्छ ।

पहिलो चुनौती आगामी संसदीय निर्वाचनमा कति स्वतन्त्र उमेदवार निर्वाचित हुने सम्भवना छ ?  निर्वाचन आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा ३८५ स्वतन्त्र उमेदवार विजयी भएका थिए । तीमध्ये ७ जना मेयर र ६ गाउँपालिकाका अध्यक्ष गरी कुल १३ जना स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा स्वतन्त्र उमेदवारका रूपमा १३६ जना विजयी भएका छन् । त्यसैगरी उपमेयरमा २ स्वतन्त्र उमेदवार र २ उपाध्यक्षमा निर्वाचित भएका छन् । जम्मा २९३ नगरपालिका (महानगरसहित) र ४६० गाउँपालिका गरी ७५३ सिटमा कुल १३ वा लगभग २ प्रतिशतमात्र मेयर वा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारहरूले जितेका छन् ।

स्वतन्त्र उमेदवारमध्ये पनि काठमाडौं र धरानका मेयरहरूबाहेक अरू धेरैले आफ्नो राजनीतिक दलबाट पन्छिएर वा उनीहरूको राजनीतिक दलहरूले उमेदवारीबाट वञ्चित गरेकोमा  स्थानीय चुनाव लडेका थिए ।

हालसम्म काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा स्वतन्त्र उमेदवार र अन्य धेरै जिल्लामा पनि स्वतन्त्र उमेदवारहरू निर्वाचनमा उठ्ने जानकारी सञ्चारमाध्यमहरूले दिँदैआएका छन् । तर यी स्वतन्त्र उमेदवारहरूमध्ये धेरै राजनीतिक दलहरूबाट पन्छिएका वा विद्रोही हुनेछन् वा उनीहरू आबद्ध राजनीतिक दलले उमेदवारी नदिएका कारण उमेदवार हुनेछन् ।

दोस्रो चुनौती बालेन हर्कको प्रभावले धेरै स्वतन्त्र उमेदवारहरूलाई आगामी आमनिर्वाचनमा लड्न प्रेरित गरेको भए पनि गठबन्धन राजनीति र निर्वाचनमा गत स्थानीय निर्वाचनबाट राजनीतिक दलहरूको व्यापकता र सिकाइका कारण यो चुनौतीपूर्ण हुनेछ । राजनीतिक दलहरूको गठबन्धन मतदानको शक्ति भत्काउन र पराजित गर्न स्वतन्त्र उमेदवारहरूलाई ठूलो चुनौती हुनेछ । 

तेस्रो, आगामी निर्वाचनमा अपेक्षाकृत धेरै स्वतन्त्र उमेदवार निर्वाचित भइहाले पनि संसद्मा राजनीतिक दलहरूको तुलनामा उनीहरू अल्पमतमा नै रहनेछन् । संसद्मा तिनको उपस्थितिलाई ठूला राजनीतिक दलले बिरलै महसुस गर्नेछन् । अर्थात् त्यसमा खासै ध्यान दिनेछैनन् । थोरै संख्याका स्वतन्त्र उमेदवारहरूले कानुन पारित गर्न संसदीय मतदान वा निर्णयलाई प्रभाव पार्न सक्नेछैनन् । उनीहरूको भूमिका संसद्मा प्रभावशाली राजनीतिक दलको मतदान र निर्णयलाई समर्थन गर्ने वा नगर्नेमा मात्र सीमित रहनेछ ।

के विकल्पहरू छन् ?

लामो समयदेखि प्रभावशाली राजनीतिक दलहरूको विस्तारलाई ध्यानमा राखी ऊनीहरूको प्रभुत्व कसरी परिवर्तन गर्न सकिन्छ भनेर हेर्दा धेरै विकल्पहरू देखिँदैन । साथै, विकल्प भनिएका नयाँ राजनीतिक दलहरूबाट पनि धेरै आश गर्न सकिँदैन ।

ऊनीहरू आफ्नै आन्तरिक राजनीति र व्यक्तिगत राजनीतिक अवसरमा अलमलिएका छन् । विद्यमान ठूला राष्ट्रिय राजनीतिक दलहरू –  नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हरूको सुधारको कल्पना गर्नु नै निरर्थक हो ।

यस्तै केही स्वतन्त्र राजनीतिक व्यक्तित्वहरू र इमानदार, प्रतिबद्ध र स्वच्छ दृष्टिकोण भएका नयाँ राजनीतिक दलहरू एकजुट भए स्थापित दलहरूको गठबन्धनको वर्चस्वको विरुद्धमा एउटा वैकल्पिक शक्ति निर्माण हुन सक्छ । तर, पनि नयाँ र स्वतन्त्र दलहरूको शक्तिलाई चुनाव जित्न र राष्ट्रिय स्तरमा शासन सञ्चालन गर्न लामो समय लाग्न सक्छ र कठिन काम हुन सक्छ । एउटा उदाहरण  छिमेकी भारतको अरविन्द केजरीवालको आम आदमी पार्टी हो  जुन २०१४ देखि दिल्लीमा प्रदेश सरकारमा सत्तामा छ ।

तर, भारतको राष्ट्रिय स्तरको राजनीति, चुनाव र शासनसम्म आम आदमी पार्टी विगत आठ वर्षको स्थापना कालमा त्यति प्रभावशाली हुनसकेको छैन ।

युवा देशको अनमोल शक्ति हो । भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । तसर्थ  जे भयो, भयो । अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ । 

राजनीति फोहोरी खेल हो भन्दै पन्छिने होइन फोहोर पोखरीमै पसेर सफा गरेर निस्कने आँट गर्नुपर्छ । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको विशाल सेरोफेरोमा फैलिएको नेपाली भूगोलको सुन्दर, सभ्य, समुन्नत एवं विकसित मार्गचित्र तयार गरी देशका विकट बस्तीमा बसोबास गर्ने नागरिकको दुःख र व्यथालाई समेट्न सक्नुपर्छ ।

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माणलगायत हरक्षेत्रमा नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC