site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दाङ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट गोलखारा सार्ने सरकारको निर्णयविरुद्ध रुकुमकोटमा थालिएको आन्दोलनका कारण रुकुमकोट बजार छैठौं दिन पनि ठप्प रहेको छ । 

स्थानीयबासी र आसपासका बासिन्दाले आन्दोलन थप सशक्त बनाउँदै लगेका छन् । सरकारले ११ गते साँझ रुकुमकोटमा रहेको सदरमुकामा गोलखारा सार्ने निर्णय गरेको थियो । सोही रातिदेखि नै नाराबाजी र गाउँ घेराऊ गरेर रुकुमकोटवासी बसेका छन् भने छिमेकी गाउँबाट आन्दोलनमा सहभागी हुन आउनेहरु बढिरहेका छन् । भौतिक पूर्वाधार नभएको, दुर्गम, वस्ती नै नभएको ठाउँमा सदरमुकाम सार्ने निर्णय गरेर सरकारले जातीय र क्षेत्रीय भिडन्त गराउन खोजेको स्थानीयहरुको आरोप छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बिहानदेखि बजार, शिक्षण संस्था, यातायात ठप्प पारेका छन् । उनीहरूले जिल्लाका रुकुमकोट प्रवेश गर्ने हरेक नाकामा ठूल्ठूला खाल्डा खनेर सवारी आवागमनमा रोक लगाएका छन् । स्थानीयको अनिश्चितकालीन आन्दोलका कारण रुकुमकोट बजार आन्दोलनमय बनेको छ ।

सरकारको निर्णय फिर्ताको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका छन् । ‘रुकुमकोटबाट सदरमुकाम सारेर पूर्वाधार, यातायात नभएको विकट गाउँमा लग्ने सरकारको निर्णयको बिरोधमा आन्दोलनमा छौं,संघर्ष समितिका संयोजक नन्दलाल शर्माले भने, ‘सरकारको यो निर्णय फिर्ता नभएसम्म बरु हामी मर्न तयार छाैं । तर आन्दोलनबाट पछि हट्दैनौं ।’

Global Ime bank

राज्य पुनर्संरचना गर्दा सरकारले रुकुमलाई विभाजन गरेर रुकुम पूर्व र रुकुम पश्चिम बनाएको थियो । २०३० साल अघि पनि समग्र रुकुम जिल्लाको सदरमुकाम रहेको रुकुमकोट तत्कालिन सरकारले मुसिकोट सारिदिएपछि पीडित महसुस गरेको थियो । रुकुम टुक्रिए पनि पुनः सदरमुकाम बन्ने अभिलासाले खुसी भएका रुकुमकोटवासी निराश र आक्रोशित बनेका छन् ।

रुकुमकोटमा कारागार र जिल्ला जनस्वास्थ्य बाहेक अधिकांश सरकारी कार्यालय स्थापना भैसकेका छन् । तर, सरकारले एकाएक विकट गाउँमा सदरमुकाम सार्नेे निर्णय गरेपछि रुकुमकोटवासीले अन्याय गरेको महसुस गरेका छन् ।

४४ वर्षपछि फेरि आन्दोलन 

४४ वर्ष पहिले रुकुमकोट समग्र रुकुम जिल्लाको सदरमुकाम थियो । २०३० सालमा राजाको हुकुम प्रमांगीबाट त्यहाँको सदरमुकाम खोसिएको थियो र मुसिकोट खलंगा लगिएको थियो । बाह्रवर्ष सदरमुकाम बसेको रुकुमकोटबाट खोसिँदा रुकुमकोटवासीले त्यतिबेला पनि आन्दोलन गर्नुपरेको थियो भने त्यसबेला प्रहरीको गोलीले थुप्रै घाइते भएका थिए । एक जनाको मृत्यु समेत भएको थियो । १२ वर्षपछि तत्कालीन सरकारले गरेको निर्णय बमोजिम २०३० वैशाख १ गते रुकुमकोटबाट सदरमुकाम खलंगा सारेरै छाडियो । अहिले फेरि सरकारले बसिरहेको सदरमुकाम सार्ने निर्णय गरेपछि भर्खर पलाएको खुसी मेटिने डरले उनीहरु आन्दोलनमा उत्रिएका छन् । यसरी रुकुमकोटलाई पटकपटक हेलाँ गरिएको स्थानीयवासीले महशुस गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC