site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन हप्तामा ५० हजारले अवलोकन गरे ‘एभिएसन म्युजियम’
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको  ‘एभिएसन म्युजियम’ तीन हप्तामा ५० हजार विद्यार्थीले अवलोकन गरेका छन् । कात्तिक १९ गतेदेखि विद्यार्थीका लागि खुला गरिएको म्युजियममा मंसिर ९ गतेसम्म ५० हजारभन्दा धेरै विद्यार्थीले अवलोकन गरको म्युजियमले जनाएको छ । 

“करिब तीन हप्तामा ५० हजार भन्दा धेरै विद्यार्थीले अवलोकन गरेका छन्,” म्युजियमका संस्थापक क्याप्टेन वेद उप्रतीले भने, “म्युजियमप्रति ठूलो उत्साह र जिज्ञासा रहेको पाएका छौं ।”
उप्रेतीका अनुसार भोलि (मंसिर ११ गते) देखि सबैका लागि उक्त म्युजियम खुला गरिँदैछ । “मंसिर ११ गतेबाट हामी सबै उमेर तथा वर्गका लागि म्युजियम खुला गर्दैछौं,” उप्रेतीले भने, “सामान्य व्यक्तिलाई २५०, विद्यार्थीलाई १२५, सार्क राष्ट्रका नागरिकलाई २५० र विदेशीलाई ५०० रुपैयाँ प्रवेश शुल्क तोकेका छौं ।”

यसअगाडि विद्यार्थीका लागि मात्रै उक्त म्युजियम खुला गरिएको थियो । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि बिनाशुल्क उक्त म्युजियम प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अगाडिको चक्का धस्सिएर दुर्घटना भएको टर्किस एयरको एयरबस–३३० लाई उप्रेती ट्रष्टले खरिद गरेर एभिएसन म्युजियममा रुपान्तरण गरेको हो । 

उक्त विमान काठमाडांैमा अवतरण गर्ने क्रममा २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चक्का धसिएर ग्राउण्डेड भएको थियो । 

Global Ime bank

उक्त विमानलाई सिनामंगलमा ल्याएर संग्रहालयमा परिणत गर्न २० भन्दा बढी स्वदेशी तथा विदेशी प्राविधिकले ९ महिना लगाएका थिए । 

एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्वाइ १०९७ फिट र उचाइ ५६ फिट छ । 

७ करोड लगानीमा निर्माण गरिएको म्युजियममा ७ वटा हल छन् । यी हलहरुमा राइट दाजुभाइको पालादेखि अहिलेसम्मका ३५० भन्दा बढी ‘मिनिएचर’ मोडल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक लडाकु विमान, व्यापारिक एयरलाइन्सका विमान, नेपाल वायुसेवा निगमले उडान सुरु गर्दाको हवाई सेवा तथा नेपालमा उडेका जहाज, इक्विरेल हेलिकोप्टरका मोडल र क्याप्टेन उप्रेतीले आकाशबाट खिचेका एरियल तस्बिर रहेका छन् । 

उप्रेतीले यसअघि कैलालीको धनगढीमा १ करोड ५० लाख रुपैयाँ लगानीमा नेपालमै पहिलो ‘एयरक्राफ्ट म्युजियम’ २०७२ देखि सञ्चालनमा ल्याएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC