site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकमा ९५ घरधुरी योजना सम्झौता गर्नबाट बञ्चित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सिन्धुपाल्चोक । जिल्लाको हिमाली दुर्गम गाविस पाल्चोक ३ की सेती लामाको परिवार  बिगत ४८ वर्षदेखि गोरखनाथ गुठीको पुर्जामा रहेको जग्गामा बसोबास गर्दै आएका थिए । गत साल वैशाख १२ गते आएको बिनासकारी भूकम्पमा उनको परिवार बस्दै आएको २ तले घर पूर्णरूपमा ध्वस्त भयो । उनले तत्काल सरकारले जस्तापाता खरिद गर्न उपलब्ध गराएको १५ हजार पाइन् । पछि जाडोयाममा न्यानो कपडा किन्न दिएको १० हजार र बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले दिएको जिन्सी सामानहरु पनि पाइन् । सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको अनुदानबाट खुशी थिइन् तर उनको खुशी धेरै समय टिक्न पाएन ।
 
जब घर निर्माण गर्न २ लाख अनुदान पाउनको लागी अनुदान सम्झौता गर्ने दिन आयो उनी तीन छक परिन् । गाविसको कार्यालयमा गाउँलेहरूसँगै अनुदान सम्झौत गर्न लाइन बसेकी उनलाई अनुदान सम्झौता नगराई फर्काइयो । कारण थियो उनको भत्किएको घरको जग्गा उनको नाममा होइन गुठीको नाममा थियो । गुठीमा जग्गामा घर रहेको लाभग्राहीसँग पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगर्ने भनेपछी उनको परिवारले अनुदान नपाउने अवस्था बनेको हो । 
सेती लामा जस्तै यतिबेला पाल्चोकका ९५ घरधुरी भूकम्पीडित अनुदान सम्झौता गर्नबाट बञ्चित भएका छन् । जिल्ला प्रशासन कार्यालयले पाल्चोकका भुकम्पपीडिहरुसँग गरेको अन्तरक्रियामा पीडितहरुले आफूहरू गुठीको जग्गाको कारण अनुदान सम्झौता गर्नबाट बञ्चित भएको बताए । जुद्ध शम्सेर जबराको पालादेखी बसोबास गर्दै आएका यहाँका स्थानियहरूको जग्गा गुठीको नाममा रहेको छ । 
 
आफूहरुले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व आफ्नो नाममा नभएपछि अहिले आएर उनीहरू अनुदान सम्झौता गर्नबाट बञ्चित भएका हुन् । तात्कालीन समयमा राजाले भोगचलन गर्नु भन्दै गोरखनाथ गुठीको नाममा सनकपत्र (जग्गा भोगचलन गरेर खानु भनि राजाले दिएको पत्र) दिएका थिए । जसमा जग्गाको चार किल्ला मात्र तोकिएको छ । अहिले घर निर्माणको लागी घर निर्माण गर्ने जग्गा आफ्नै नाममा कायम हुनुपर्ने भएपछी गुठीको नाममा रहेको जग्गामा घर भएका भूकम्पपीडित अन्यौलमा परेका छन् । 
 
गोरखनाथ गुठीमा अध्यक्ष साङ्गे लामाले भने, “हामीले भोगचलन गर्दै आएको जग्गा गुठीकै नाममा कायम छ । सनकपत्रमा २२–२५ जनालाई मात्र मोही कायम गरिएको छ । हामीले जग्गा भोगचलन गरे बापतको तिरो हाम्रा बाजेहरुको आदेश अनुशार महिनाको १ रुपैयाँ गुठीलाई छुट्याउँदै आएका छौं । अनुदान सम्झौता गर्न जाँदा गुठीको नाममा जग्गा भएकाले सम्झौता नगरी फर्काइयो । अब के हामीले घर बनाउन नपाउने हो ?” जग्गाको चार किल्ला तोकिएको राजाले दिएको सनकपत्र मालपोत कार्यालयमा बुझाएको उनले बताए ।
 
घर निर्माणका लागी अनुदान सम्झौता गर्न घर निर्माण गर्ने जग्गाको जग्गाधनी पुर्जा अनिवार्य चाहिने बताउँछन् चौतारा नगरपालिकाका कार्यकारी अधिकृत तथा पुनर्निमाण प्राधिकरण बिशेष सम्पर्क कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख भुवनेश्वर लामिछाने । “अनुदान सम्झौताका लागी जग्गाधनी पुर्जा, नागरिकता र भूकम्पपीडित परिचय–पत्र अनिवार्य चाहिन्छ । अब पीडितको जग्गाधनी पुर्जा नै नभएपछी कसरी सम्झौता गर्ने ? घर भएको जग्गा गुठीको नाममा भएपछी उनीहरूको कुनै स्वामित्व नै हुदैन ।”
 
गुठीको जग्गा कसरी ब्यक्तिको नाममा नामसारी हुन्छ भन्ने प्रश्नमा जिल्ला मालपोत कार्यालयमा प्रमुख मालपोत अधिकृत कमल तिमल्सिनाले भने, “समय समयमा गुठीको जग्गा रैकर गर्न राजपत्रमा रैकर छुट सुचना आउँछ । त्यतिबेला आफूले भोगचलन गर्दै आएको जग्गाको तिरो भरण गरेपछी गुठी संस्थाको कार्यबिधि अनुसार नामसारी गर्न पाईन्छ । अब केहि समयपछी रैकर छुट सुचना आउँछ, त्यसपछी आवाश्यक प्रकृया मिलाएर नामसारी गरी जग्गाधनी पुर्जा बनाउँदा हुन्छ ।”
 
जिल्लामा अनुदान सम्झौताको काम द्रुत गतिमा अघि बढिरहे पनि आफूहरूले चाहिँ गुठीको जग्गा भोगचलन गरेकै कारण अनुदान सम्झौता गर्न नपाउँदा पाल्चोकका भूकम्पपीडितहरू थप पीडामा परेका छन् । हाल जिल्लामा ६८ गाविस र २ नगरपालिकाका ३४ हजार ३ सय ६२ पिडित परिवारले अनुदान सम्झौता गरेका छन् । जसमध्य १ हजार १ सय १५ परिवारलाई पहिलो किस्ता बापतको ५० हजार बितरण गरि सकिएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC