अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिनाले बैंकिङ क्षेत्रमा अराजकता बढ्दै गएको बताएकी छन् । शुक्रबार नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै यसलाई रोक्न ढिलाइ भएको बताएकी हुन् ।
उनले वित्तीय क्षेत्रलाई नै प्रभाव पार्ने खालका कार्य रोक्नुपर्ने बताइन् । “बैंकिङ क्षेत्रमा अराजकता बढ्दै गएको छ । यो रोक्न ढिला भइसक्यो,” उनले भनिन्, “बैंकिङ क्षेत्रमा हुने यस्ता गतिविधिले अर्थतन्त्रमा प्रभाव पार्छ ।”
औद्योगिक क्षेत्रमा जाने कर्जामा सन्तुलन ल्याउन राष्ट्र बैंकले ल्याउने कार्यविधिले सहयोग गरेको पनि उनले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १४:२०
प्रतिक्रिया दिनुहोस्