site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्छ : सुरेन्द्र पाण्डे
SkywellSkywell

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिन नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने बताएका हुन् । 

उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताए । पाण्डेले विदेशमा गएर रेमिट्यान्स सहयोग भए/नभएको वा राष्ट्रलाई योगदान पुग्ने अवस्थामा मात्रै पैसा दिनेगरी व्यवस्था गर्दा राम्रो हुने बताए । 

Dabur Nepal
NIC Asia

उनले नेपालको ठुलो रकम विकशित मुलुकमा जाने तर मुलुकलाई कुनै योगदान नहुने अवस्था आएको बताए । 

उनले सरकारले नै विदेश जानका लागि सहयोग गरिरहेको देखिएको दाबी गरे । पूर्वमन्त्री पाण्डेले राष्ट्र बैंकले बाह्य क्षेत्रको दबाबलाई व्यवस्थित गर्न बनाउने नीतिले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराए ।

उनले मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुन सक्ने पनि बताए । पाण्डेले अर्थतन्त्रका सबै सूचकमा चाप रहेकाले सरकारले अगाडि सारेको लक्ष्य पूरा हुन नसक्ने बताए । उनले आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत कायम राख्न सरकारको लक्ष्य भए पनि पूरा नहुने देखिएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu