site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
११.५८ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम
SkywellSkywell

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ११.५८ अंकले बढेको छ । कारोबार रकम भने घटेको छ ।

यस दिन पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यसअघिको कारोबार दिन अर्थात् गएको बुधबार पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

Dabur Nepal
NIC Asia

आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । अपर स्यांगे हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा म्युचुअल फन्ड ०.१ प्रतिशत, फाइनान्स ०.१७, माइक्रोफाइनान्स ०.१८, उत्पादन तथा प्रशोधन ०.१९ र होटेल तथा पर्यटन समूह ०.६१ प्रतिशत रहेका छन् ।

परिसूचक सर्वाधिक बढ्नेमा वाणिज्य बैंक समूह छ । यो समूहको परिसूचक १.०१ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro