site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा मन्त्रालयकै असहयोग
SkywellSkywell

काठमाडौं । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा अन्य मन्त्रालयको असहयोगका कारण समस्या परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । साउन २७ गते मन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि ल्याएको कार्ययोजनामा अन्य मन्त्रालय चासो दिएका छैनन् । 

पूर्ण रुपमा सञ्चालनको लागि ल्याइएको प्याकेजमा अन्य मन्त्रालयको साथ नपाएपछि योजना निष्प्रवाही हुने देखिएको छ । मन्त्री पाण्डेले मन्त्रिपरिषद्बाट पास गराएर सुधारका लागि ल्याएको २७ वटा कार्ययोजनामा तालुकदार मन्त्रालयले चासो नदिँदा अघि बढ्न नसकेको जनाइएको छ ।

पाण्डेले तुरुन्त लागू गर्नेदेखि एक वर्षसम्म सुधार गर्न सकिने कार्ययोजना ल्याएका थिए । तर, अन्य मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मले चासो कम दिएपछि सुधारको कार्ययोजना प्रभावकारी रुपमा लागू गर्न समस्या भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । 

Dabur Nepal
NIC Asia

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय सवमानस्थल सञ्चालनको लागि हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिषा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत छ । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

मन्त्रालयले बनाएको कार्ययोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) बाट करिब ८० मिटर दूरीमा रहेको सिनामंगल हवाई इन्धन डिपो सक्दो छिटो स्थानान्तरणदेखि टिकटमा लाग्ने भ्याट लगायतका कार्ययोजना छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार धावनमार्गबाट १७२.५ मिटर टाढा ‘ट्याक्सी–वे’ र त्यसबाट पनि कम्तीमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने मान्यता छ । 

तर, विमानस्थलमा धावनमार्गबाट ८० मिटरभित्रै सिनामंगल डिपोमा राखिएका ६ वटा भर्टिकल ट्यांक र ८ वटा अन्डरग्रान्ड ट्यांकमा ७६ लाख ४० हजार लिटर हवाई इन्धन मौज्दात रहने गर्छ ।

इन्धन भण्डारण गृह एक वर्षमा सार्ने गरी कार्ययोजना बनेको छ ।  तर, त्यसमा सार्नको लागि जग्गा नभएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो दिएको छैन ।  नेपाल नागरिक उड्ड्यान प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको कार्य गर्ने गरी अलग अलग संस्थाको रुपमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पुगे पनि पास हुन सकेको छैन । 

विधेयक पास गर्नको लागि प्रधानमन्त्री केपी ओलीनै अनिच्छुक देखिएको स्रोत बताउँछ । 

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिषा सेन्टर स्थापना गर्नका लागि प्राथमिकताका आधारमा गन्तव्य मुलुक छनौट गरी परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने कार्ययोजना तुरुन्त लागू गर्ने कार्ययोजनामा छ । 

श्रम, उद्योग, स्वास्थ्य लगायतका मन्त्रालयले पनि विमानस्थल सञ्चालनको लागि ल्याएको कार्ययोजनामा सक्रियता देखाएका छैनन् । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडान भर्ने विमानको लागि हवाई इन्धन ‘ब्रेक इभन पोइन्ट’ मा निर्धारणको व्यवस्था भने भएको छ ।

काठमाडौंको तुलनामा पोखरा र गौतमबुद्धमा तेल भर्दा एक हजार किलोलिटरमा एक सय डलरको छुट रहेको नेपाल आयल निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए । 

सरकारले कार्ययोजना ल्याएसँगै केही अन्तर्राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध विमानस्थलबाट उडानका लागि अन्तराष्ट्रिय एयरलाइन्सले चासो देखाउँदै सोधखोज गरेका छन् । यसअघि गौतमबुद्ध विमानस्थलबाट उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले विज र थाई एयर एसियाले भैरहवामा चासो देखाएको छन् । 

थाई एयर एसियाले भैरहवा उडान गर्न विन्टर सेड्युल समेत पठाइसकेको छ ।  पोखरा विमानस्थलबाट उडान गर्न बंगलादेशको एयर अश्त्रले चासो देखाएको नागरिक उड्डयान प्राधिकरणका ज्ञानेन्द्र भुलले बताउँछन् । 

“यसअघि पोखरा र भैरहवामा उडान गर्न अनुरोध गर्दा विमान कम्पनीहरुले नयाँ गन्तव्य भएका कारण केही छुट माग गरेका थिए । हामीले सोही अनुसार कार्ययोजना बनाएर पठायौं,” उनले भने, “मन्त्रिपरिषद्ले पनि त्यसलाई स्वीकृति दिएसँगै यसमा अन्तराष्ट्रिय विमान कम्पनीहरुले चासो दिएका छन् ।”

पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि बनाएको कार्ययोजनाको एउटा बैठक बसेको र त्यसमा मन्त्री पाण्डेले कार्यप्रगति मागेको थिए । 

“हामी हालसम्म एउटा बैठक बस्यौं । कार्ययोजनाअनुरुप के–के काम भयो त्यसको विवरण लिएर आउनुस् भनेका छौं । अर्को बैठकमा त्यसको समीक्षा हुन्छ,” पाण्डेले भने । 

यस्तै पर्यटन नीति बनिरहेको र पर्यटन ऐनको मस्यौदा रायका लागि अर्थ मन्त्रालयमा पुगेको बताए ।

“मन्त्रिपरिषद्ले पारित गरेको कार्ययोजनाबारे सम्बन्धित गृह, अर्थ, परराष्ट्र, श्रमलगायत मन्त्रालयले गर्नुपर्ने सबै कामबारे अन्तरमन्त्रालय छलफल भइ कार्ययोजनालाई अन्तिम रुप दिन लागिएको छ,” उनले भने ।

दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा घाटामा छन् । 

“आफ्नो कार्यकालमा समग्र क्षेत्र केही सुधार गरेर देखाउँछु भन्नेमा मन्त्रीज्यू हुनुहुन्छ, तर मन्त्रिपरिषद्बाट पास भएको कार्ययोजना समेत प्रभावकारी काम नहुँदा केही निराश हुनुहुन्छ,” स्रोत भन्छ ।

महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ ।  भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका लागि २२ अर्ब रुपैयाँ सुरुवाती लागत भए पनि समय र लागत बढेर ६१ अर्ब खर्च थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकोे ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेको छ । 

पोखरा विमानस्थलका लागि सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिव २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।

गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोषबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी ४ अर्ब ९१ करोड लिएको थियो ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारको प्याकेज समेत ल्याएर त्रिभुवन विमानस्थल पनि राति १० घण्टा बन्द गर्ने तयारीमा छ । विमानस्थल प्रशासनले आगामी कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने योजना छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu