site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१०२ मेगावाटको मध्य भोटेकोसी आयोजना विद्युत् उत्पादनको तयारीमा 
SkywellSkywell

काठमाडौं । मध्य भोटेकोसी आयोजनाको तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । निरन्तरको अवरोधपछि गत महिना ११ करोड दिने सहमति भएपछि गति लिएको आयोजनाको तार तान्ने काम अन्तिम चरणमा पुगेको हो । प्रसारण लाइनको अब करिब ७०० मिटर तार तान्न बाँकी रहेको मध्यभोटेकोसी जलविद्युत् कम्पनीले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोसीको बिजुली यसै प्रसारण लाइनमार्फत प्रवाह हुनेछ । प्रसारण लाइनमा १४ महिनासम्म अवरोधको मारमा परेको थियो । 

हालै सहमति जुटेपछि काम तीव्र गतिमा भएको र अबको १५ दिनमा सकिने आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । “सहमति भएपछि हामीले कामलाई तीव्रता दिएका छौं । दसैंअघि प्रसारण लाइनको काम सकिन्छ । अनि परीक्षणमा जान्छौं,” उनले भने । 

Dabur Nepal
NIC Asia

मध्य भोटेकोसी आयोजनासँग अस्पताल बनाउन १० करोड रुपैयाँ माग गरी उक्त क्षेत्रमा अवरोध भएपछि प्रसारण लाइन निर्माणमा १४ महिना अवरोध भएको थियो । गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेतको उपस्थितिमा अस्पतालका लागि अस्पताल र जग्गाका लागि गरी ११ करोड दिने सहमति भएको थियो । 

आयोजना निर्माणमै १३ वर्षभन्दा बढी लागेको मध्यभोटेकोसी जलविद्युतको प्रसारण लाइन अवरोध भएपछि निजी क्षेत्रको प्रसारण लाइनलाई डबल सर्किट बनाएर अस्थाई समाधान समेत निकालेको थियो । 

प्रसारण लाइनसँगै आयोजनातर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । गत पुुसमा ‘वेट टेष्ट’ गर्दा सुरुङ चुहिएपछि आयोजना पुर्ननिर्माण गरेको छ । आयोजनामा असोज १५ भित्र ‘वेट–टेष्ट’ सुरु गर्ने तयारीमा रहेको शिवाकोटी बताउँछन् । 

कात्तिकबाट उत्पादनको तयारी

यसअघि पनि पटक–पटक व्यावसायिक उत्पादन मिति सार्दै आएको आयोजनाले पछिल्लो पटक २०८१ को कात्तिक अन्तिममा पुर्‍याएको छ । कम्पनीका अनुसार, सुरुङको निर्माण भदौको दोस्रो साताभित्र सक्ने र अन्य परीक्षण गरी कात्तिकमा उत्पादन थाल्ने तयारी छ ।

चार वर्षमा सक्ने गरी २०७० मा निर्माण सुरु गरेको आयोजनाले २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । आयोजना निर्माण सुरु गर्दा २०७४ मै विद्युत् उत्पादन गर्ने आयोजना निर्माण सुरु भएको थियो । तर, भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो । 

२०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको थियो । सो पछि २०७९ पुसमा पुर्‍याएको आयोजनाले गत वर्षको पुसमा ‘वेट टेष्ट’ गर्दा पानी चुहिएको थियो । पछिल्लोपटक अन्तिम परीक्षणमा समस्या भएपछि कम्पनीले हाल समाधान गरिरहेको छ ।

आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरुमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ । पीपीए भएको १३ वर्ष र आयोजना निर्माण सुरु भएको ११ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ । 

वेट टेस्टिङ र परीक्षण उत्पादन गरी गत वर्षको चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो । तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो । 

सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गर्न नै झण्डै ३ महिना लगाएको थियो । 

यसअघि गत पुसमा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो । “पानी चुहिएका ठाउँमा रेट्रफिटिङका करिब सकिएको छ । अब पुनः वाटर टेस्टिङ गर्छौं,” उनले भने ।

प्रसारण लाइन निर्माणमा समस्या हुँदा पनि यसले आयोजना निर्माणमा पनि ढिलाई भएको कम्पनीको भनाइ छ । आयोजनाबाट विद्युत् उत्पादन भएपनि प्रसारण लाइनमा नबन्दा खेर जाने भएपछि काममा केही सुस्तता आएको कम्पनीको भनाइ छ ।

मध्य भोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी रहेका छन् । 

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । 

कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् ।

आयोजनाले वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

प्रसारण लाइनतर्फ समस्या भएपनि २२०/१३२ केभी सबस्टेसन निर्माण भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरसहित सबस्टेसन तयार रहेको प्राधिकरणले जनाएको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको सबस्टेसनमा मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । 

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ ।

निर्माण सकिएपछ मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ 

मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए  । उनका अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिनेछ ।

यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले गरिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार, सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ । मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu