site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शक्तिकेन्द्रको तीव्र दबाबपछि अवधि पुगेका डीएसपीको सरुवा नै अलपत्र

काठमाडौं । सरुवा अवधि पुगेका प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रक्रिया लम्बिएको छ । भदौ १५ गतेभित्रै हुनुपर्ने डीएसपीको सरुवा करिब एक महिना ढिला हुँदा समेत सरुवा हुन नसकेको हो ।

प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीको सरुवा अवधि एक वर्ष हुने व्यवस्था छ । यसलाई प्रहरी प्रधान कार्यालयले क्यालेन्डर नै बनाएर नियमित गर्दै आएको थियो । तर, अवधि पुगेका डीएसपीहरूको सरुवा भने अझै हुन सकेको छैन । 

प्रहरी प्रधान कार्यालयका अनुसार करिब ४० प्रहरी युनिटका इन्चार्जहरूको हेरफेर हुनेछ । त्यसमध्ये केही जिल्ला प्रहरी प्रमुख समेत फेरिने छन् । प्रहरी स्रोतका अनुसार आकर्षित जिल्ला र युनिटमा जान डीएसपीहरूले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयमार्फत तीव्र दबाब दिएपछि प्रहरी प्रधान कार्यालयले सरुवा नै रोकेको हो ।

करिब ४० ठाउँका लागि सयभन्दा बढी डीएसपी तीव्र प्रतिस्पार्धामा छन् । गएको वर्ष भदौ १५ मा नै डीएसपीहरूको सरुवा भएको थियो । 

१६ जिल्ला प्रहरी प्रमुखसहित उपत्यकाका ६ वटा प्रहरी वृत्तका डीएसपीको सरुवा अवधि पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

जिल्लाहरूमा दार्चुला, डडेल्धुरा, बैतडी र बाजुराका प्रहरी प्रमुखको सरुवा अवधि पुगेको हो । यसरी नै मुगु, कालीकोट, अर्घखाँची, पर्वत, प्युठान, मुस्ताङ, मनाङ र लमजुङ प्रहरी प्रमुख समेत फेरिने छन् । त्यस्तै पाँचथर, संखुवासभा, भोजपुर र खोटाङ प्रहरी प्रमुखको समेत सरुवा अवधि पुगेको हो । जिल्लाबाहेक उपत्यकाकै प्रहरी वृत्त दरबारमार्ग, गौशाला, बौद्ध, बानेश्वर र स्वयम्भु प्रहरी प्रमुख फेरिने छन् ।

भक्तपुरको जगती प्रहरी वृत्तका डीएसपीको समेत सरुवा अवधि पुगेको छ । जिल्लाहरूमा खोटाङ, अर्घखाँची, डडेल्धुरा र पर्वत जान अधिकांश डीएसीहरूको तीव्र लबिङ छ ।

त्यस्तै, काठमाडौंको दरबारमार्ग, बौद्ध र गौशला तथा भक्तपुरको जगती जान समेत डीएसपीहरूले शक्तिकेन्द्रमार्फत प्रहरी महानिरीक्षकलाई दबाब दिएका छन् ।

प्रहरी नियमावलीअुनसार एसपीभन्दा तलका प्रहरी कर्मचारीहरूको सरुवा र बढुवाको अधिकार प्रहरी महानिरीक्षकलाई दिइएको छ । तर, शक्तिकेन्द्रको दबाबका कारण प्रहरी महानिरीक्षक आफैँले उक्त अधिकार प्रयोग गर्न भने पाएका छैनन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro