site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धनराज प्रकरण– ०७६मा ‘डिभोर्स’, ०७९ निर्वाचनमा श्रीमतीको नाम उल्लेख !
SkywellSkywell

काठमाडौं । मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङले ‘झुट’ कुरा बोलेको पुष्टि भएको छ । उनले सहकारीको रकम हिनामिनामा मुछिएकी श्रीमती ज्योति गुरुङलाई आफूले ०७६ मै डिभोर्स दिएको बताउँदै आएका छन् ।

कुम्मराजको बयान– केही महिनाअघिसम्म धनराजले ज्योतिको पनि किस्ता तिरिदिएका छन्

उनले ०७७ सालमा सोही सहकारीमा ऋण लिँदा पनि श्रीमतीको नाम उल्लेख गरेका छन् । ०७७ मा उनले सोही सहकारीबाट १२ लाख रुपैयाँ व्यक्तिगत ऋण लिएको पाइएको छ । 

Dabur Nepal
NIC Asia

सोही सहकारीबाट ऋण लिँदा उनले हकवालको नाममा ज्योति गुरुङ उल्लेख गरेका छन् भने नाता श्रीमती भनेका छन् ।

धनराज गुरुङकी पूर्वपत्नी ज्योतिले सहकारीको रकम विदेश लगेको आशंका !

बाह्रखरीसँग सहकारी प्रकरण चर्किएपछि कुरा गर्दै गुरुङले भनेका थिए, “मैले मेरी श्रीमतीसँग २०७६ सालमा नै डिभोर्स गरेको हुँ, मेरो घरबार जुन सहकारीका अध्यक्षले बिगार्‍यो, उसैले सीआईबीदेखि समितिसम्म उजुरी दिँदै हिँडेको सुनेको छु ।”

पाँच वर्ष पहिले ज्योती उक्त सहकारीमा रहँदा अध्यक्षले नै कहिले सिंगापुर त कहिले थाइल्यान्ड महिनौँका लागि पठाउने गरेको धनराजले बताए । 

धनराज गुरुङमाथि छानबिन गराउन कांग्रेस तयार 

“घरीघरी चेयरम्यानले पठाउनुभएको छ भन्ने जाने, अनि २० दिन त कहिले एक महिनामा फर्किने क्रम लगातार बढ्न थाल्यो,” गुरुङले भने, “यो कुरा मलाई चित्त बुझेन । मैले यसरी नजानू भनेर सम्झाएँ पनि । अनि कहाँ जाने ? घरीघरी किन जाने ? भनेर सोधेको तिमीलाई के मतलब भन्ने जवाफ पाएँ ।”

त्यसपछि आफूले पनि ‘जाने भने सधैँलाई गए हुन्छ नि’ भनेर झोँक्किएर भनेको दुई दिनपछि श्रीमतीले ‘डिभोर्स’को फाइल दर्ता गराएको बताए ।

‘घरभित्रै सहकारी समस्या’ लुकाएर रविविरुद्ध अग्रपंक्तिमा थिए धनराज 

“मैले जाने हो भने एकोहोरो गए हुन्छ भनेर भनेको हुँ, त्यो पनि रिसले भनेको हुँ, त्यसको दुई दिनपछि ‘डिभोर्स’को फाइल दर्ता भएछ,” उनले भने, “मैले न्यायाधीशको अगाडि उभिएर यस्तो नगरौँ रिसको झोँकमा भनेको हुँ भनेर भनेँ । तर उनले एक बस्दिनँ, दुई बस्दिनँ भनेर भनिन् । यसो भनेपछि किन बस्नू भनेर २०७६ सालमा डिभोर्स भएको हो ।”

२०७६ मा डिभोर्स भएको बताए पनि २०७७ सालमा उनले श्रीमतीको नाम उल्लेख गरेका छन् । तर त्यसको दुईवर्षपछि अर्थात् २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगमा भरेको विवरणमा पनि उनले श्रीमतीको नाम उल्लेख गरेका छन् ।

धनराज गुरुङ कसरी जोडिए सहकारी प्रकरणमा ? श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप !

डिभोर्स भएको भनिएको तीन वर्षपछि पनि उनले श्रीमतीको नाम उल्लेख गरेको पाइएको हो । धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचित सांसद हुन्, र कांग्रेसको उपसभापति पनि । कांग्रेसका एक नेताले बाह्रखरीसँग कुरा गर्दै पहिले उपसभापतिले पार्टीमा गराएको जानकारी र अहिले तथ्य फरक फरक आएकाले गम्भीर छलफलको आवश्यकता रहेको बताए ।

dhanrajee-1726386025.JPG
 

उनले सहकारीका विषयमा केही गलत बोलेको आशंका गरिएको भए पनि अदालतमा गएर गरेको डिभोर्समाथि शंका गर्ने ठाउँ नभएको विषयमा आफूहरुले छलफल गरे पनि अहिले सार्वजनिक तथ्यले गम्भीर छलफलको माग गरेको बताए ।

“बालकृष्ण खाँण पक्राउ पर्नासाथ निलम्बनको माग गर्ने पहिलो समूहका व्यक्ति हुन् धनराज गुरुङ,” ती नेताले भने, “केन्द्रीय समितिको बैठकमै उनले खाँणलाई निलम्बनको माग गरेपछि सभापतिले पनि उहाँमाथि प्रश्न गर्नुभएको थियो ।”

गुरुङले प्रश्न गरेपछि देउवाले प्रतिप्रश्न गरेका थिए– पहिला तपाईंमाथि पनि आरोप लागेको होइन ? आरोप लाग्दैमा निलम्बन गरिहाल्ने हो ?”

तर अहिले पार्टीकै उपसभापति यस्तो प्रकरणमा मुछिदा सभापतिसहित पदाधिकारीले निलम्बनको कुरा नगर्नू अचम्मको भएको ती नेताको टिप्पणी छ । पार्टीकै उपसभापतिको नाम सहकारी ठगीमा जोडिएपछि यही भदौ २६ गते कांग्रेसले भनेको थियो– गुरुङमाथिको छानबिनका लागि तयार छौँ ।”

देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले उपसभापति गुरुङमाथि छानबिनमा सहयोग गर्ने बताएका थिए ।

घिमिरेले भनेका थिए, “कुनै ठाउँमा गल्ती भएको छ भने उहाँ स्वयंले मेरो विषयमा छानबिन होस् भन्नुभएको छ । छानबिन गराउन कांग्रेस तयार छ ।” 

तर, यतिका दिनसम्म मितेरी सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता पुष्टि हुने थप कागजात सार्वजनिक भइसक्दासमेत कांग्रेसले आन्तरिक रुपमा कुनै निर्णय लिएको छैन । 

संघीय संसदमा गुरुङ आफैँले संसदीय छानबिनको माग गरेका थिए । 

“ममाथि संसदीय छानबिन गरियोस्, सभामुख महोदय, म नै ०ं४६ सालपछिका सबै पदमा बसेकाहरूको छानबिनको प्रस्ताव यो संसमा दर्ता गरेको व्यक्ति हुँ,” गुरुङले भदौ २५ गतेको संसदमा भनेका थिए, “ममाथि छानबिन गरियोस् । मितेरी सहकारीमा कसले कति ठगेको छ, त्यसका विषयमा पनि छानबिन गरियोस् ।” 

सभापति देउवा निकट एक नेतालाई बाह्रखरीले ‘यस्तो गम्भीर विषयमा कांग्रेस के गर्दैछ ?’ भनी गरेको प्रश्नमा उनले अनुसन्धान गर्ने निकायलाई सघाउने काम गरिरहेको बताए । 

“कांग्रेसले अहिले केही गरिरहेको छैन । खाली अनुसन्धान निकायको अनुसन्धानलाई नियालीरहेको छ,” ती केन्द्रीय सदस्यले भने, “अनुसन्धानले जहाँसम्म पुर्‍याउँछ कांग्रेसले त्यहीँबाट एक्सन लिन्छ ।” 
अनुसन्धानबाट दोषी ठहर भएपछिमात्रै कांग्रेस अघि बढ्ने उनको तर्क थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu