site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि र छविमाथि अनुसन्धान गर्न प्रहरीलाई गृहको पत्र, ‘हाई अलर्ट’मा रहन आईजीपीको निर्देशन
SkywellSkywell

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउको तयारी थालिएको छ । पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गर्दा उनका समर्थकबाट प्रर्दशन हुन सक्ने भएकाले सम्बन्धित जिल्लाका प्रहरीलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले सहकारीको रकम अपचलन भएका जिल्लाका प्रहरी अधिकारीलाई ‘हाई अलर्ट’मा रहन निर्देशन समेत दिइसकेको छ ।

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले आन्तरिक अनुसन्धान तीव्र पारेको हो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन केही दिनअघि संसद्लाई बुझाएको थियो । प्रतिवेदन संसद्ले शुक्रबार सार्वजनिकसमेत गरेको छ ।

Dabur Nepal
NIC Asia

ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी)ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा तल्कालीन गृहमन्त्री रवि लामिछाने समेत संलग्न रहेको भन्दै संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेको छ ।

सहकारीको रकम जीबी राईले नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्टमा पुगेको र त्यो रकम लामिछानेको हस्ताक्षरमा खर्च भएको थियो । त्यसमा पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरिएको छ ।

लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकसमेत हुन् । पूर्वडीआईजी जोशी सेयर सदस्य र सञ्चालक सदस्य हुन् ।

लामिछाने ग्यालेक्सी टेलिभिजनमा हुँदासम्म जीबी राईले सञ्चालन गरेका पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ लगानी गरी अपचलन गरेको देखिएको छ । लगानी भित्रिँदामा ‘ग्यालेक्सी’मा लामिछानेले ‘लेखा परीक्षण भएको, कर तिरेर लगानी गरेको’ जिकिर गरेका थिए । प्रारम्भमै लगानीमा शंका व्यक्त गरी आलोचना गर्नेहरूमाथि लामिछाने खनिएको दृश्य ‘भाइरल’ भएको थियो ।

२०७७ माघदेखि लामिछाने ग्यालेक्सी टेलिभिजनमा जोडिएका हुन् । पाँच करोडमध्ये लामिछानेले सहकारीकै ७५ लाख रुपैयाँ तिरेर १५ प्रतिशत सेयर पाएको खुलेको छ । त्यस्तै, जीबी राईको ५० र छविलाल जोशीको ३५ प्रतिशत सेयर कायम गरिएको थियो ।

समितिले नाम उल्लेख गरी कारबाही सिफारिस गरेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ । उच्च प्रहरी स्रोतका अनुसार, शुक्रबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरले मुद्दा चलाइएका रूपन्देही र कास्की जिल्ला प्रहरी प्रमुखलाई ‘अलर्ट’ रहन निर्देशन दिएका थिए । 

गृह मन्त्रालयले प्रतिवेदन तत्काल कार्यान्यवन गर्न प्रहरी प्रधान कार्यालयलाई आइतबार निर्देशनसमेत दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले गृह मन्त्रालयसँग सम्बधित विषय तत्काल कार्यान्यवन गर्न लेखी पठाएको बाह्रखरीलाई जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार हुँदा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा जेठ १५ मा समिति बनेको थियो । समितिले २२ जेठबाट छानबिनको काम थालेको थियो ।

रवि र छविबाहेक हाल फरार रहेका सूर्यदर्शन सहकारीका थानबहादुर बुढामगर, सहारा सहकारी चितवनका दिनेश रोक्का, सुप्रिम सहकारी बुटवलका सागर केसी, सानो पाइला वीरगन्जका तस्वीरण खातुन र स्वर्णलक्ष्मी काठमाडौंका भुपेन्द्र राईलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । उनीहरू सबै फरार छन् ।

हालसम्म छविलाल जोशीबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरे पनि रविविरुद्ध भने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूरक जोहेरी परेको थियो । त्यसबाहेक संसदीय छानबिन समितिले दुवै जनालाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको स्रोत बताउँछ ।

लामिछाने र जोशीविरुद्ध बुटवल र पोखरामध्ये एक ठाउँबाट मुद्दा चलाउने तयारी प्रहरीले गरेको हो । छानबिन समितिले सिफारिस गरेकाविरुद्ध सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसमेत आकर्षित हुने देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro