site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी संस्थाले भण्डारण गरेका करोडौँका सामान बिग्रिएर फाल्ने अवस्थामा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त सहकारीको स्थलगत अनुगमन गर्दा सहकारीले भण्डारण गरेका करोडौँ रुपैयाँ पर्ने सामान बिग्रिएर खेर जाने अवस्थामा रहेको पाएको छ । समितिको अनुगमन टोलीले तालाबन्द अवस्थामा रहेका सहकारी संस्थाभित्र भण्डारण गरिएका करोडौँ मूल्यका सरसामान बिग्रिएको अवस्थामा भेटेको हो ।

बचतकर्ताको बचत रकमबाट खरिद गरिएका ती सामग्री खेर जान नदिन तत्काल बिक्री–वितरणलगायत उचित व्यवस्था गर्न सुझाव दिइएको छ ।

बढी मूल्यका सहकारी संस्थाका घरजग्गा आदि सम्पत्तिलाई बैंक र नेफ्सकुनलगायत संस्थाबाट सस्तो मूल्यमा लिलामी गरी लिँदा बचतकर्ताको बचत फिर्ता गर्न र सहकारी संस्थाको हिसाब मिलानमा समेत समस्या पर्ने देखिएको छ । विभिन्न बैंक, सहकारी विकास बैंक र नेफ्स्कुनमा सहकारीको नाममा रहेको धितोको उचित मूल्यांकन गरी कम मूल्यमा लिलाम सकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको समितिको निष्कर्ष छ ।

सहकारी संस्था सहरकेन्द्रित र धेरै सदस्य बनाई राम्रै सञ्चालनमा आइरहेको अवस्थामा एकाएक समस्यामा परी बचतकर्ता बिचल्ली हुने अवस्थामा पुग्न नदिन नियामक निकायबाट समयमै नियमन, नियन्त्रण र अनुगमन गरिएको नदेखिएको पनि प्रतिवेदनको निष्कर्ष छ ।

“कुन सहकारी कहाँ र कुन अवस्थामा छन् समेत यकिनसाथ भन्न नसक्ने नियामकहरू छन् । तसर्थ, तीनै तहका नियामकहरूबाट अनिवार्य नियमित नियमन हुन जरुरी छ,” प्रतिवेदनमा भनिएको छ, “तीनै तहका नियमनकारी निकायबीच आपसी समन्वय र सहकार्य गरी कुनै सहकारीमा समस्या आउनासाथ तत्काल समस्या समाधानमा जुट्न सक्ने विज्ञसहितको डेडिकेटेड टिम गठन गरी व्यवस्थापन गर्नुपर्ने देखिन्छ । नियामक निकायहरू सजग र क्रियाशील भई समस्या आउनुपूर्व नै समस्याउन्मुख सहकारी संस्थाको पहिचान गर्न सक्ने गरी सक्षम र जिम्मेवार बन्नुपर्ने देखिन्छ ।”

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro