site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा पौडेललाई सुनकाण्डले ‘लखेट्यो’, थापामाथि पनि छ अर्को आरोप !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । लेनिन भन्थे, “महिलालाई गहनाको दास बनाउने सुनलाई समाजवादमा चर्पी सजाउने काममा प्रयोग गरिनेछ, किनभने सुनमा खिया लाग्दैन ।”

उनै लेनिनलाई आदर्श मान्ने नेकपा एमालेले त्यही सुनकाण्डकै कारण आफ्ना एक उमेदवारलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई पोखरा महानगरको मेयरको टिकट दिएको छ ।

एक दशकअघिको एक सीसीटिभी फुटेजलाई आइतबार बिहानैदेखि एमालेको एक समूहले भाइरल बनाइरहेको थियो । पछि त्यसमा एमाले बाहेकका दलका कार्यकर्ता थपिए, सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई देशविदेशमा भाइरल बनाइदिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त फुटेजमा एकजना व्यक्तिले पृथ्वीचोकको एक सुन पसलबाट सुटुक्क एउटा औँठी गोजीमा हालेको देखिन्छ । त्यो औँठी गोजीमा हाल्ने व्यक्ति नै एमालेले मेयरमा उठाएको भन्दै आलोचना र व्यंग्यसहित भाइरल हुनपुग्यो ।

एमालेकै कार्यकर्ताहरुले त्यो भिडियो सत्य भएको र पार्टीले उक्त घटना औँठी फिर्ता गराएर मिलाएको बताउँछन् ।

Royal Enfield Island Ad

शिक्षक राजनीतिबाट आएका दीपक पौडेलले मेयरको टिकट पाएको चर्चा हुनासाथ पोखरामा नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले चर्को आलोचना गर्दै आएको थियो । अधिकारीले पोखरामा प्रदेशसभा सदस्य कृष्ण बहादुर थापालाई मेयर बनाउन चाहन्थे ।

तर, पोखराको एमाले राजनीतिमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि सक्रिय छन् ।

उनीहरुको शक्तिसंघर्ष एमालेका विभिन्न कार्यक्रम र अधिवेशनमा छताछुल्लै देखिन्छ । महानगर कमिटीको चुनाव होस् वा जिल्लाको । अन्यत्र सर्वसम्मत नेतृत्व छानिँदा पोखरामा चाहिँ समूह नै बनाएर प्रतिष्पर्धा भएको थियो ।

मेयरको उमेदवार छान्ने क्रममा पनि महानगर कमिटीमा आकांक्षा राख्ने १२ जना पुगेका थिए । बढीमा तीनजनाको नाम सिफारिस गर्न एमाले केन्द्रीय नेतृत्वले सर्कुलर जारी गर्दा पनि पोखरामा चाहिँ सहमति हुन सकेन ।

सहमति नभएपछि मतदान नै गराउने र बढी मत ल्याउने तीनजनालाई सिफारिस गर्ने भनेर कार्यतालिका नै प्रकाशन गरिएको थियो ।

तर, अन्तिममा महानगरले १२ जनाकै नाम जिल्लामा, जिल्लाले प्रदेश र प्रदेश केन्द्रमा पठायो ।

केन्द्रमा चाहिँ १२ जनाको नाम गएपछि दुई सांसदद्वय कृष्णबहादुर थापा र राजीव पहारीको च्याप्टर क्लोज गर्न उपमहासचिव गुरुङले गण्डकीमा कुनै पनि बेला गठबन्धन सरकार ढल्न सक्ने भन्दै सांसदलाई मेयरको टिकट दिन नहुने निर्णय सुनाए ।

गुरुङले सांसदको च्याप्टर क्लोज गरिदिएपछि आक्रोशित बनेका थापाले व्यक्तिगत रुपमा प्रतिशोध साँधेको प्रतिक्रिया दिए ।

संविधानको धारा १६८ (५) अनुसार अहिले गण्डकीमा सरकार बनेको हो । यस्तो स्थितिमा सरकार ढलेको खण्डमा पनि उपधारा ७ बमोजिम ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

६ महिनाभित्र संसदीय निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यता नै रहेको अवस्थामा पृथ्वीसुब्बाले व्यक्तिगत इबी साँधेको भन्दै खगराज तथा कृष्ण थापा समर्थकले गुरुङको विरोध गरेका थिए ।

महानगरको मेयरमा दीपक पौडेलले टिकट पाउनु र सुनकाण्ड भाइरल हुनुमा खगराज पक्षका कार्यकर्ताको पनि उत्तिकै हात रहेको एमालेकै एक नेताको प्रतिक्रिया छ ।

मेयरको टिकट खोसिएका पौडेलले चाहिँ उक्त भिडियो आफ्नो नभएको भन्दै प्रष्टीकरण दिएका छन् भने राजनीतिक करियर सक्नको लागि चरित्रहत्या गरिएको आरोप लगाएका छन् ।

शनिबार टिकट पाएका पौडेलको सोमबार नै टिकट खोसियो । यसबारेमा कुराकानी गर्न खोज्दा उनी फोनसम्पर्कमा आएका छैनन् ।

यता, कृष्ण थापाले मेयरको टिकट पाएपछि खगराज पक्षधर कार्यकर्ता चाहिँ खुसी छन् । आइतबार नै पोखरामा एमाले नेतृत्व फैलिने हल्ला चलिसकेको थियो । त्यही हल्ला सत्य सावित हुँदै सोमबार एमालेले प्रदेश सांसद कृष्ण थापालाई अगाडि सारेको हो ।

तर, थापालाई अगाडि बढाउँदै गर्दा मादी गाउँपालिकामा चाहिँ महेन्द्र गुरुङलाई टिकट दिएर गिभ एण्ड टेक गरिएको चर्चा छ ।

खगराज अधिकारीको निर्वाचन क्षेत्रमा पर्ने मादीमा पृथ्वीसुब्बा गुरुङ निकटका महेन्द्र गुरुङलाई टिकट दिएर पोखरामा चाहिँ अधिकारी पक्षधर थापालाई अगाडि सारिएको हो ।

गण्डकीका सांसद थापाले राजीनामा बुझाएर उमेदवारी दर्ता गर्दैछन् । २०५४ सालका मेयर रहिसकेका थापा पुनः दोस्रोपटक महानगरको नेतृत्वमा आउँदैछन् ।

तर, थापा सांसद हुँदा विवादित बनेका छन् । उनी सांसद भएकै अवस्थामा गतसाल एक दलितले किरियापुत्री भवन नपाएको विषयमा विवादित विज्ञप्ति निकालेका थिए ।

पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप थियो ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय) ऐन २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

दलित अगुवाको दबाबमा ५ दिनपछि थापाद्वय र राम बिसी पक्राउ परेका थिए । जातीय विभेदको आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाउन उनले षड्यन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएको भन्दै निशर्त छुटाउन भन्दै विज्ञप्ति जारी गरेका थिए ।

यो मुद्दा अहिलेसम्म फैसला भएको छैन । तर, सांसदको उक्त विज्ञप्ति आएपछि गण्डकी संसदमा सांसदहरुले विज्ञप्तिको विषयलाई लिएर प्रश्न गरेका थिए ।

यही घटनालाई लिएर पीडित पक्षले सांसद थापाविरुद्ध नेकपाको प्रदेश कमिटी र संसदीय दलमा समेत उजुरी दिएको थियो ।
कास्की २ (क) बाट निर्वाचित थापा २०५४ सालमा पनि पोखराको नेतृत्व गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro