site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन तहका सरकारबीच धेरै समस्या देखिए : मुख्यसचिव अर्याल

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखिएको बताएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अर्यालले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुरा अलमलमा रहेको बताए ।

उनले पालिकाहरूले बनाएका कानूनहरूमा पनि विवादित विषय रहेको बताए । संघीयभन्दा विपरीत कानून बनाउन नपाइने भए पनि त्योअनुसारको कानून नबनेको उनको भनाइ छ ।

"पालिकाहरूले कानून त बनाउनुभएको छ, तर तिनै पालिकाहरूको कानूनहरूको बीचमा पनि विवाद छ । संघीय कानूनभन्दा विपरीत कानून बनाउन पाइँदैन भन्ने छ । तर, त्यो खालको अवस्था सिर्जना भएको छैन । त्यसैले उहाँहरूले निर्माण गरेका कानूनहरू कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ । हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ," अर्यालले भने ।

उनले सरकारले युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको पनि बताए । उनले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताए ।

"युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेका छौँ । आर्थिक सुधारका लागि हामीले आयोग नै गठन गरिसकेका छौँ । केके छन् ल्याकिङहरू ? तीन तहको सरकारबीचको समस्या धेरै आइरहेका छन्," उनले भने ।

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro