site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निकोलस भुसालले भने– रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु

काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने 'हिरासतमा रहेको फोटो' आफूले खिचेको दाबी गरेका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने 'सुतिरहेको फोटो' सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

"यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ," उनले फेसबुकमा भनेका छन् ।

कास्की प्रहरी स्रोतले पनि भुसालले नै फोटो खिचेको हुन सक्ने बताएको छ । "यस विषयमा छानबिन हुँदै छ, आज बेलुकासम्म केही आउला," स्रोतले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro