राजनीति
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा. जितु उपाध्याय नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
३९ वर्षीय डा. उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन् ।
प्रवासमा रहेर उनी अध्ययन, अध्यापन, अनुसन्धानसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील थिए ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ २१:२८
प्रतिक्रिया दिनुहोस्