site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामचन्द्र पौडेललाई सभापतिको उमेदवार बन्न किन अप्ठेरो पर्दैछ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । १७ भदौमा कांग्रेसको संस्थापनइतर समूह एक ढिक्का छ भनेर देखाउन सो समूहमा रहेका शीर्ष नेताले संयुक्त पत्रकार सम्मेलन गरे ।

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिइरहेका बेला सभापति शेरबहादुर देउवाविरुद्धमा एकमात्रै उमेदवार अघि सार्ने भन्दै रामचन्द्र पौडेलसहित सो समूहमा रहेका सभापतिका आकांक्षीहरुले पत्रकार सम्मेलन गरेका थिए ।

सो समूहमा पहिलोपटक युवा नेता गगन थापा पनि उपस्थित भएपछि धेरैले उनले कृष्णप्रसाद सिटौला समूह छाडेको अड्कल काटेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पार्टी मुख्य कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समूहका नेता पौडेलले महाधिवेनका लागि आफूहरु साझा उमेदवारको खोजीमा रहेको उद्घोष गरे । 

समूहले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अगावै साझा उमेदवार घोषणा गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । 

Royal Enfield Island Ad

तत्कालीन कार्यतालिका अनुसार ५ असोजभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुनुपर्थ्यो । तर, २५ भदौमा महाधिवेशन कार्यतालिका पुनः संशोधन भएसँगै क्षेत्रीय अधिवेशनको समय १५ असोजमा पुगेको छ ।

तर संस्थापनइतर समूहभित्र साझा उमेदवार टुंगो लाग्न सकेको छैन । सो समूहमा कम्तिमा पनि चार जना सभापतिका आकांक्षी छन् ।

उनीहरुले एकढिक्का भएको सन्देश दिन पत्रकार सम्मेलन आयोजना गरेको भए पनि सभापति देउवाको गृह जिल्लामा देखिएको विवादको प्रतिवाद पनि एकस्वरमा गर्न सकेनन् ।

फरक फरक तरिकाले विरोध गरे तर संयुक्त गर्न नसकेकै कारणले पनि उनीहरुबीचमा अझै तादम्यता हुन नसकेको कतिपयको धारणा छ ।

केही महिनाअघि राजधानी काठमाडौंको एक पार्टी प्यालेसमा नेता पौडेलले आफू निकट नेताहरुको भेला गरेर आफलाई १४ औं महाधिवेशनमा सभापति रुपमा उभ्याएका थिए । पौडेलले भेलामा सभापति लड्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए । आफू १३ औँ महाधिवेशनमा सभापतिमा पराजित घाइते भएकाले १४ औँ महाधिवेशनमा सभापतिमा सहयोग गर्न आग्रह गरे । 

तर, ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसक्दा पौडेललाई सभापतिमा सहयोग गर्ने ‘आशा गरिएका’ नेताहरु आफैँ सभापति उठ्न कस्सिएका छन् । 

“हामी सामूहिकतामा विश्वास गर्छौँ, सामूहिक निर्णयबाटै सभापतिको साझा उमेदवारसहित एउटै प्यानल बनाएर महाधिवेशनमा जान्छौँ,” पौडेलले सानेपामा भएको पत्रकार सम्मेलनमा भनेका थिए ।

तर उनी निकट रहेका नेताहरु नै पौडेलका लागि समय अनुकूल नरहेको टिप्पणी गर्छन् ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनुपूर्व नै साझा उमेदवार चयन गर्ने समय पनि घर्किन लागेको नेताहरुको टिप्पणी छ ।

इतर समूहबाट पौडेल बाहेक महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशशरण महत तथा कल्याण गुरुङ सभापति बन्ने दौडमा छन् । 

शशांक, शेखर, सिंह र गुरुङले सार्वजनिकरुपमा सभापतिका आकांक्षीकारुपमा अघि सारेका छन् । 

शनिबार गृह जिल्ला नवलपूर पुगेर महामन्त्री शशांक कोइरालाले आफू सभापतिबाट व्याक नभएको घोषणा गरेपछि पौडेल समूहबाट सभापतिको साझा उमेदवार को हो भन्ने प्रश्न अझ जटिल बनेको छ । सभापतिकै अर्का आकांक्षी तथा पौडेलका नजिक मानिएका नेता सिंहले पनि आफू कुनै पनि हालतमा सभापतिको उमेदवारबाट पछि नहट्ने धारणा सार्वजनिक गरेका छन् ।

शेखर कोइराला र कल्याण गुरुङ पनि सभापति लड्न मोर्चावन्दीमा लागि परेका छन् । 

बाह्रखरीसँगको कुराकानीमा महामन्त्री कोइरालाले आफू सभापतिको रेशबाट पछि हटेको कुरामा सत्यता नभएको बताए । 

“साझा उमेदवार खोजी गर्ने भनेपछि शशांक पछि हट्यो भन्ने चर्चा सुरु भएको छ, जुन गलत हो,” उनले भने, “म सभापतिको रेशबाट कुनै पनि हालतमा पछि हटेको छैन, साझा उमेदवार पनि म नै हुन्छु ।”

यता सभापतिकै अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह देउवालाई हराउने एक्लो उमेदवार आफू भएको दाबी गर्छन् । 
उनी पौडेल समूहको साझा उमेदवार आफू नै भएको तर्क गर्छन् ।

बाह्रखरीसँगको कुराकानीमा नेता सिंहले सभापतिबाहेक अन्य पदमा शक्ति बाँडफाँट गर्न आफू तयार रहेको बताए ।

इतर समूहबाट देउवालाई हराउन एक मात्र उमेदवार हुँदा मात्र सम्भव भएकाले आफू त्यसै स्तरको नेता भएको सिंह बताउँछन् ।

“हो, एउटै प्यानल र एक्लो उमेदवार बन्ने हैसियत राजनीतिक अनुभव र पार्टीमा गरेको योगदानको आधारले मसँग छ,” बाह्रखरीसँग उनले भने, “म अरुलाइ कुन पदमा मिलाउनु पर्छ त्यो पद हेरेको छु, त्यसमा मिलाएर लान तयार छु ।”

सभापतिका अर्का आकांक्षी शेखर कोइराला पनि १४ औं महाधिवेशनमा आफू सभापतिको उमेदवार भएको बताउँछन् । 

केन्द्रीय सदस्यसमेत रहेका कोइराला १३ औँ महाधिवेशन पश्चात् सभापतिको तयारी गरिरहेका छन् । गुटबाट भने उनलाई महामन्त्री लड्न दबाव बढीरहेको निकट स्रोत बताउँछ, तर आफू सभापतिबाट पछि नहट्ने कोइरालाको तर्क छ । “म शीर्ष नेताहरुको सम्मान उचित पदमा व्यवस्थापन गर्छु सभापतिबाट पछि हट्दिन,” कोइरालाले भने । आफू शीर्ष नेतृत्वसँग नियमित सम्पर्क र समन्वयमा रहेको बताए । 

यता, कल्याण गुरुङ सभापति लड्ने र आफ्नो मुख्य प्रतिस्पर्धा शेरबहादुर देउवासँग हुने बताउँछन् । तपाईंको उमेदवारी पदको बार्गेनिङ मात्र हो कि भन्ने प्रश्नमा गुरुङ त्यसरी अर्थ लगाउन नमिल्ने बताउँछन् । “मलाई कसैले सभापतिमा सहयोग गर्छु भन्यो भने स्वागत छ, तर मैले सभापति छोड्ने अब सम्भावना छैन,” गुरुङ भन्छन् ।

त्यसो भए सम्भव छैन साझा उमेदवार ? 

शीर्ष आकांक्षीहरुले सभापति बाहेक अन्य पदमा मिलेर जाने भनेसँगै इतर समूहबाट साझा उमेदवार बन्ने विषय जटिल बनेको छ । नेताहरुले त्यसै अनुरुप उमेदवारी घोषणा गरिरहेका छन् । समूहबाट एक्लो उमेदवार नबने पुनः सभापतिमा शेरबहादुर देउवा दोहोरिने डर उनीहरुलाई छ । 

राजनीतिक विश्लेषक प्रा.डा. राजेश गौतम आउँदो महाधिवेशनमा रामचन्द्र पौडेल सभापति बन्ने सम्भावना नरहेको बताउँछन् । 

उनी इतर समूहबाट साझा प्यानल बन्नेमा विश्वस्त छैनन् । शशांक, शेखर तथा प्रकाशमानलाई कार्यकर्ताले सभापति बन्न जुन तहमा दबाब दिएका छन् रामचन्द्र पौडेलले कार्यकर्ताबाट पनि साथ नपाएको गौतमको टिप्पणी छ ।

“रामचन्द्र पौडेलले चुनाव जित्न अब सहज छैन, कार्यकर्ताले पनि उनलाई पत्याउन छाडे, अब उहाँले समूहभित्र कतै अवसर खोजे हुन्छ,” गौतम भन्छन् । 

गौतम प्रकाशमान सिंह पनि समूहमा प्रभावशाली नभएको टिप्पणी गर्छन् ।

पार्टी ‘लिगेशी’ को आधारमा कोइराला दाजुभाइभन्दा पनि प्रकाशमानको स्थान उच्च भए पनि सभापतिका लािग सहज अवस्था नभएको उनको तर्क छ । 

“प्रकाशमानले पनि तयारी गरिरहेका छन् , त्यो स्वाभाविक पनि हो, पारिवारिक लिगेशी मात्र होइन आफैँ प्रजातन्त्रको आन्दोलनमा होमिएका नेता हुन्,” गौतमले बाह्रखरीसँग भने, “तर सभापतिमै निर्वाचित भइहाल्छन् भन्ने अवस्था देखिँदैन ।”

गौतम १४ औँ महाधिवेशनमा शशांक बलियो उमेदवार बन्ने विश्लेषण गर्छन् । तर, यो पार्टी हितमा भने विल्कुलै नहुने उनको तर्क छ । “इतर समूहबाट अहिले महामन्त्री शशांक कोइरालाको पक्षमा जनमत बनेको छ, इतर समूहबाट उनी बलियो उमेदवार हुन्,”गौतम भन्छन्, “तर उनी सभापति बने कांग्रेसलाई दुर्भाग्य हो ।” 

शेखर कोइरालासँग भने पार्टी सञ्चालन गर्ने राम्रो सम्भावना रहेको गौतमको विश्लेषण छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro