site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले अब थप पाँच मन्त्री पठाउने, शेखर समूहले नाम नदिँदा शपथ अनिश्चित

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले पाँचजना मन्त्रीको नाम नदिँदा सरकारले अझै पूर्णता पाउन सकेको छैन । पार्टीभित्र शेखर कोइराला समूहले नाम टुंगो नलगाउँदा मन्त्रीको सूची पठाउन नसकिएको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

“आज–भोलि नै शपथ ग्रहण गराउने तयारी थियो । हामीले मोहन बस्नेत र एनपी साउँदको नाम टुंगो लगाइसकेका थियौँ,” सभापति शेरबहादुर देउवा निकट ती पदाधिकारीले भने, “शेखर दाइहरूलाई तीन मन्त्रालय दिने सभापतिले जानकारी दिइसक्नुभएको छ । तर, उताबाट नाम टुंगो नलागेकाले शपथ नै अनिश्चित भएको हो ।”

ती पदाधिकारीका अनुसार कांग्रेसले थप एक मन्त्रालय पाउने तय भएको छ । जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ । अब कांग्रेस ९ मन्त्रालय पाउने निश्चित भएको छ । नौमध्ये सभापति देउवाले आफूसँग ६ मन्त्रालय राखेर बाँकी तीन मन्त्रालय शेखर समूहलाई दिएका छन् ।

शेखर समूहका नेताहरू पनि देउवाले आफूहरूलाई तीन मन्त्रालय दिएको स्वीकार्छन् । तर, शेखर समूहले मन्त्रीको टुंगो लगाउन सकेको छैन । 

“पार्टीले नौ मन्त्रालय लिने र हामीलाई तीन मन्त्रालय दिने निर्णय भइसकेको जानकारी हामीले पनि पाएका छौँ,” शेखर समूहका ती नेताले भने, “हामी छलफल गर्छौं र नाम टुंगो लगाउँछौँ ।”

Global Ime bank

तर, आज–भोलि नै शपथ गराउने गरी तयारी भइरहेको विषयमा आफूहरूलाई जानकारी नभएको ती नेताको भनाइ छ । 

पछिल्लोपटक चैत १७ गते मन्त्रिपरिषद् विस्तार भएको थियो । तर, कांग्रेसको आन्तरिक किचलोका कारण देउवाले पार्टीबाट सबै मन्त्रीहरूको नाम दिन सकेनन् । त्यतिबेला कांग्रेसबाट चारजनाले मात्र मन्त्रीको शपथ लिएका थिए । 

अब शेखर समूहले तीनजनाको दिन बित्तिकै देउवाले मन्त्रीको नाम पठाउने तयारी गरेका छन् । 

शेखर समूहबाट पनि उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बु मन्त्री बन्ने निश्चित भइसकेको छ । थप एक मन्त्रीमा सहमहामन्त्री जीवन परियारलाई पठाउनुपर्ने दबाब इतर समूहलाई छ । यस्तै, अर्का सहमहामन्त्री बद्री पाण्डेको पनि चर्चा छ । 

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल पनि कांग्रेसका कारण सरकार विस्तार हुन नसकेको बताउँछन् । कांग्रेसबाट नाम आए प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन ढिलाइ नगर्ने भनाइ उनको छ । 

तर, अब वैशाख १० को उपनिर्वाचनअघि सरकार विस्तारको सम्भावना कम रहेको उनले बताए । “उपनिर्वाचनअघि सरकार विस्तार हुने सम्भावना कम छ । कांग्रेसका कारणले सरकार विस्तारमा ढिला भएको हो,” पौडेलले भने । 

सरकारले पूर्णता नपाउनुको अर्को कारण जसपा पनि हो । उसले आफ्नो भागमा परेको एक मन्त्रालयमा मन्त्रीको नाम सिफारिस गर्न सकेको छैन ।

जसपा प्रवक्ता मनिष सुमन भने सरकारलाई पूर्णता दिन आफूहरू बाधक नभएको दाबी गर्छन् । साथै उपनिर्वाचन देखाएर सरकारलाई अपूर्ण राख्नु उचित नहुने तर्क उनको छ ।

“राज्य सञ्चालन भन्ने विषय केही ठाउँमा भएको उपनिर्वाचनको कारणले रोकिनुहुँदैन । प्रधानमन्त्रीले यो मन्त्रालयमा तपाईंहरूको सांसद्को नाम दिनुहोस् भनेपछि हामी केहीबेर छलफल गरेर नाम पठाइहाल्छौँ,” प्रवक्ता सुमनले भने, “जसपा सरकारलाई पूर्णता दिन रत्तिभर बाधक छैन । कांग्रेसले नाम पठाइसक्दा हामी पनि नाम पठाउँछौँ । प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेर निर्णय गर्नुपर्छ ।”

उसको त प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारमा बाधक बनेको कांग्रेसका दुवै पक्षसँग संवाद गरेका छन् । 

कांग्रेसको भागमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय भागमा परेको छ । जसपाले भागमा परेको वन तथा वातावरण मन्त्रालयमा मन्त्री पठाउन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu