site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नालाई ‘सुटुक्क’ कोरोना खोप लगाएको विषयमा मन्त्रालय र स्वास्थ्य कार्यालयको भनाइ बाझियो
फाइल तस्बिर

विराटनगर । पहुँचवाला र आसेपासेलाई ‘सुटुक्क’ कोरोनाविरुद्धको खोप लगाएपछि नागकिस्तरबाट प्रदेश १ सरकारको चर्को आलोचना भइरहेको छ । 

विवादकाबीच सरकारका गल्ती कमजोरी ढाकछोप गर्न मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीका निजी सचिवालयले आइतबार प्रष्टीकरण दिएका छन् । सचिवालयले जारी गरेको विज्ञप्तिमा पहुँचका आधारमा खोप नदिइएको बरु सञ्चारमाध्यममा आएका समाचाहरूलाई झुटो भनिएको छ । 

स्थानीय सिटी सिनेमा हलमा लगेर निकटवर्तीलाई कोरोनाविरुद्धको खोप लगाएपछि विवाद चर्किएको हो । सामाजिक सञ्जालमा शेरधन राई नेतृत्वको प्रदेश सरकार र सामाजिक विकास मन्त्रीविरुद्ध टिकाटिप्पणी भई रहेका छन् ।
 
खोपको अनुचित वितरणको सम्बन्धमा मुख्यमन्त्री राई र उनको कार्यालयको कुनै संलग्नता नभएको भन्दै राईका पे्रस सल्लाहकार ध्रुव सुवेदीले आइतबार विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन् । यसैगरी सामाजिक विकासमन्त्री उषाकला राईका स्वकीय सचिव वीरेन्द्र मगरले अपरान्ह सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेका छन । सचिवालयले आफ्ना मन्त्रीको बचाउ गरेपनि सामाजिक विकास मन्त्रालय र खोप लगाउने मुख्य जिम्मेवारी प्राप्त स्वास्थ्य कार्यालय मोरङको भनाइ भने बाझिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख स्वकीय सचिव वीरेन्द्र मगरले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा जनाइएअनुसार खोप सम्बन्धी सबै जिम्मा केही समय अगाडि नै सबैको निवेदन र मागपत्रसहित भ्याक्सिन स्वास्थ्य कार्यालय मोरङलाई दिएको जनाएका छन् । जबकि खोप वितरणमा सामाजिक विकास मन्त्रीको एकल निर्णयकै आधारमा हुने गरेको स्वास्थ्य कार्यालयमा खोप प्रमुख रामानन्द यादवले बाह्रखरीलाई बताए । 

“मन्त्रीज्यूकै सिफारिसको आधारमा हामीले खोप लगाउने गरेका छौँ । हामीले मौज्दात रहेको खोपको अवधि पनि सकिन लागेकोले नागरिकलाई नै खोप लगाऔँ भनेका थियौँ । मन्त्रीज्यू र मन्त्रालयबाट नै आदेश भएबमोजिम हामीले खोप लगाउनेहरूको विवरण पनि पेश गरेका छौँ । तर, स्वास्थ्य कार्यालयलाई खोप दिइएको छैन ।” 

उनले मन्त्रीले सिफारिसको आधारमा कोभिसिल्डको दोस्रो डोज खोप दिने गरिएको सुनाए । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले पनि सचिवालयमा केहीअघि सामाजिक विकास मन्त्रालयले नै खोपको प्रबन्ध गरिदिएको बाह्रखरीसँग बताएका थिए । 

मन्त्री राईका स्वकीय सचिव मगरले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा भने अत्यन्त न्यून मात्रामा रहेको कोभिसिल्ड भ्याक्सिन फ्रन्टलाइनरलाई प्राथमिकताका आधारमा लगाउनेगरी केही समय अगाडि नै सबैको निवेदन र मागपत्रसहित भ्याक्सिन स्वास्थ्य कार्यालय मोरङलाई दिएको जनाएका छन् । स्वास्थ्य कार्यालयले मन्त्रालयलाई र मन्त्रालयले स्वास्थ्य कार्यालयलाई खोप लिनेको सूची एक अर्कालाई पठाएको बताएका छन् । 

“शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा लगाएको खोपका विषयमा सम्बन्धित कार्यालय र संलग्न कर्मचारीहरूलाई सोधपुछ र सो विषयमा छानबिन प्रक्रिया नै सुरु गरिएको छ,” मगरले प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ ।

भयावह अवस्थामा खोप जस्तो विषय कसैले पनि र कुनै पनि निकायले दुरुपयोग गरिएको ठहरिएमा कानुनबमोजिम दण्डनीय हुने उनले जनाएका छन् । तर, लापरबाही र अनुशासनहीन काम गरिएको ठहरिएमा मन्त्रालयले कारबाही गर्ने दाबी गरेका छन् ।

अहिलेसम्म मोरङमा कोभिडसिल्डको पहिलो मात्रा ६६ हजार ६१५ र दोस्रो मात्रा ११ हजार ३४८ जनाले लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro