काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी)ले स्वर्णलक्ष्मी सहकारीमा संयुक्त ऋण खाता नै खोलेर रकम अपचलन गरेको जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गराएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
आइतबार जिल्ला सरकारी वलिक कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा उनीहरुले दुवैजनाले सहकारीमा ऋण खाता खोलर रकम अपचलन गरेको उल्लेख गरिएको छ ।
उनीहरुले ००१–००१–११०–०००४३७९ नम्बरको ऋण खाता खोलेर अटो लोन तथा नगद समेत दिएको देखिएको छ । अटो लोन बराबर ९२ लाख ४६ हजार तथा नगद ८२ लाख ७९ हजार रुपैयाँ लिएको देखिन्छ । त्यसमध्ये अटो लोन केही फिर्ता गरेका थिए । त्यसरी नै ग्यालेक्सी टेलिभिजनको सेयर फिर्ता गर्दा समेत लामिछानेले एक करोड ८० लाख रुपैयाँ नगद लिएर सेयर बिक्री गरेको कागजात फेला परेको थियो ।
सोही प्रमाणलाई आधार बनाएर रवि लामिछानेको हकमा पाँच करोड ८ लाख ६३ हनार ३३ रुैपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।