site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविको बयान : गोरखा मिडियाको चेकको हस्ताक्षरकर्ता थिएँ, वित्तीय जिम्मेवारीमा थिइनँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक तथा सञ्चालक समितिको सदस्य हुँदा कुनै वित्तीय जिम्मेवारीमा नभएको बताएका छन् ।

स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले बयानमा उक्त दाबी गरेका हुन् ।

“नयाँ कम्पनी भएको र लगानीकर्ताको व्यापार व्यवसाय सात वटा देशमा भएको कारणले उनको व्यस्तताका कारण टेलिभिजन खोल्न ढिला नहोस् भन्ने उद्देश्यले म गोरखा मिडिया नेटवर्कका खाताअन्तर्गतका चेकहरूको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवारीमा कहिले पनि थिइनँ,” बयानमा लामिछानेले भनेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गोरखा मिडियामा आफूले एक पैसा पनि लगानी नगरेको दाबी उनको छ । तर, करिब सात महिनाको अवधिमा गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके नामक टेलिभिजन विश्व गुणस्तरीय बनाउन दिनरात मिहेनत गरेको उनले जनाएका छन् ।

कुनै पनि कारणले कुनै भेन्डर, कम्पनी आदिको भुक्तानी गर्नुपर्ने चेकमा हस्ताक्षर गर्ने आधिकारिक मानिसकै अभावमा रोकिन्थ्यो भने त्यति छिटो उक्त कम्पनी खडा भई प्रसारणमा जान नसक्ने तर्क उनले गरेका छन् ।

लगानीकर्ता गितेन्द्रबाबु राई स्वयंमले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखी आफ्नो विश्वास पात्रबाट एकीन गरेपश्चात मात्र गोरखा मिडियाको चेकहरू जारी हुने गरेको लामिछानेले जनाएका छन् । यसैकारण आफ्नो भूमिका केवल सहजताका लागि हस्ताक्षरकर्ताको रूपमा मात्रै रहेको दाबी उनको छ ।

बयानमा लामिछानेले भनेका छन्, “भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता गितेन्द्रबाबु राई संसारको जुन कुनामा भए पनि जीबी ग्रुप अफ कम्पनिजका कर्मचारी एवम् गितेन्द्रबाबु राईको विश्वास पात्र र विना रिमालको समन्वयन र अनुमतिबिना सम्भव थिएन ।”

गोरखा मिडिया नेटवर्क प्रा.लि. का अप्रेसन प्रमुख पुष्पराज गिरीको हस्ताक्षरपश्चात मात्रै प्रक्रियागत ढंगले चेकहरू हस्ताक्षरका लागि आफूकहाँ आउने गरेको उनले जनाएका छन् । “उचित विश्वासका आधारमा समेत कयौँ खाली चेकहरूमा हस्ताक्षर गर्ने अभ्यास समेत थियो,” लामिछानेको भनाइ छ ।

गितेन्द्रबाबु राई र छविलाल जोशीको बीचको सम्झौता तथा समझदारीबारे आफू अनभिज्ञ रहेको उनले बताएका छन् । “म समेत पूर्वसञ्चालक रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि.मा स्थापना कालमा गितेन्द्रबाबु र छविलाल जोशी सञ्चालक थिए । छविलाल निकै छोटो समय मात्र रहेका थिए । गितेन्द्रबाबु राई र छविलाल जोशी बीचको सम्झौता समझदारीबारे म अनविज्ञ छु,” लामिछानेको बयानमा उल्लेख छ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि. का कार्यकारी अध्यक्ष एवम् लगानीकर्ता गितेन्द्रबाबु राईले आफ्नो जिम्मेवारीअन्तर्गत रहेको लगानी ल्याउने कार्य के कसरी गरे त्यो आफूलाई व्यक्तिगत एवम् संस्थागत रूपमा पनि जानकारी नभएको उनले बताएका छन् ।

संस्थाको जानकारीअनुसार उक्त रकम उनले जग्गा समेत बिक्री गरी व्यक्तिगत ऋण गोरखा मिडिया नेटवर्कलाई दिएको बयानका क्रममा लामिछानेले बताएका छन् ।

“उक्त व्यक्तिगत ऋणको व्यवस्था उनले कुन पृष्ठभूमिमा कसरी गरे भन्ने कुरा मलाई वा अन्य कसैलाई थाहा हुने कुरा भएन । आफू बाहेकका कुनै पनि साझेदारको लगानीको स्रोत सोध्ने अधिकार अर्को साझेदारलाई हुँदैन । त्यसमाथि म त लगानीकर्ता समेत थिइन । यस्तो परिस्थितिमा लगानीको स्रोत सोध्ने मेरो कानुनी एवम् व्यवहारिक हैसियत थिएन । सहकारीबाट रकम ल्याउने कुनै पनि प्रक्रिया एवम् योजनामा मेरो संलग्नता, सहभागिता छैन,” लामिछानेले भनेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा आइतबार अदालत पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

अभियुक्तहरूबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गरी लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो । अभियुक्तहरूमा ओखलढुंगाका गितेन्द्रबाबु राईसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जना छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro