site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चको आदेश– मर्यादाक्रम निर्धारण गर्दा ख्याल गर्नू

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय मर्यादाक्रम निर्धारण गर्दा ध्यान दिनुपर्ने विषयमा सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गएको असार १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

आदेशको पूर्णपाठमा न्यायाधीश समाजले निर्धारण गरेका मर्यादासम्बन्धी मापदण्डको पालनाका लागि पनि निर्देशनात्मक आदेश जारी भएको छ । तर, अधिवक्ता नानीबाबु खत्रीसहितले ०७५ वैशाख १५ मा दायर गरेको रिट भने मर्यादाक्रम निर्धारणको अधिकार कार्यकारीको भएको भन्दै खारेज गरिएको छ ।

निर्देशनात्मक आदेशमा राज्यका निकायका पदाधिकारीको मर्यादाक्रम निर्धारण गर्दा शक्ति पृथकीकरणको सिद्धान्त तथा ती निकायको मर्यादालाई ध्यानमा राखी निर्धारण गर्नू भनिएको छ । यस्तै, नेपालको संविधानले सबै तहका न्यायाधीशलाई संवैधानिक पद मानेकाले मर्यादाक्रम निर्धारण गर्दा त्यसलाई ख्याल गर्न पनि भनेको छ ।

यस्तो छ तीनबुँदे निर्देशनात्मक आदेश
(क) राज्यका अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तथा संवैधानिक अंगहरू समेतको शक्ति पृथकीकरणको सिद्धान्त तथा ती निकायहरूको स्वतन्त्रता एवं मर्यादालाई समेत ध्यानमा राखी मर्यादाक्रम निर्धारण गर्नू ।

(ख) नेपालको संविधानले सबै अदालतमा रहने न्यायाधीशको पद संवैधानिक हुने व्यवस्था गरेको हुँदा नेपालको संविधानको मर्म तथा गरिमालाई समेत मध्यनजर गरी उपयुक्त मर्यादाक्रम निर्धारण गर्नू ।

(ग) न्यायापालिकामा रहने प्रधानन्यायाधीशलगायत सर्वोच्च अदालतका न्यायधीश, उच्च र जिल्ला अदालतमा रहेका न्यायाधीशहरूको तथा पूर्वप्रधानन्यायाधीश र अ. कृष्णप्रसाद कटुवालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं समेत

विषय : उत्प्रेषण परमादेश समेत न्यायाधीशहरूको मर्यादाक्रम निर्धारण गर्दा यो आदेशको प्रकरण २० मा उल्लिखित व्यहोरालाई मध्यनजर गरी गर्नू ।

के छ आदेशको प्रकरण २० मा
फैसलाको प्रकरण २० मा मर्यादाक्रमका विषयमा बहालवाला तथा पूर्वन्यायाधीशहरू रहेको ‘न्यायाधीश समाज’ले तयार पारेको प्रतिवेदनका सुझावहरू समेटिएको छ । सर्वोच्चको फैसलाको पूर्णपाठमा त्यसलाई समेटिएको छ । निर्देशनात्मक आदेशमा मर्यादाक्रम निर्धारणका विषयमा न्यायाधीश समाजले तयार पारेको प्रतिवेदनका तिनै सिफारिसलाई ध्यान दिन भनिएको छ ।

prakaran-20-1736085643.JPG

prakaran-20-1-1736085642.JPG

nirdesanatmk-aadesh-1736085642.JPG

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro