काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज बदली भएको छ । जसका कारण चिसो बढेको छ । चिसो बढेसँगै सर्वसाधारणले विभिन्न तरिकाले शरीरलाई तातो बनाइरहेका छन् । कतिपय आगो तापिरहेका छन् त कतिपयले बाक्लो लुगाको सहारा लिएका छन् ।
कोही भने खेलकुदका गतिविधिमा छन् । गाडी, मोटोरसाइकलसहित सवारी साधनमा यात्रा गर्नेहरूले पनि पूरै शरीर ढाक्ने लुगा लगाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आएर चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।हेर्नुहोस् तस्बिरहरू
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १७:४२
प्रतिक्रिया दिनुहोस्