site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान प्रेरणादायी : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियानलाई मुलुकका तीनै तहका सरकार र सरोकारवालाहरूले सघाउनुपर्ने बताएका छन् । आइतबार राष्ट्रपति कार्यालयको सभाकक्षमा मानवसेवा आश्रमका पदाधिकारी, अभियन्ता र कर्मचारीका साथमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावनसेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक हुने उल्लेख गरे ।

उनले मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने बताए ।  आश्रमले सडकआश्रित मानवमुक्त नेपाल मिसन २०८२ अभियान सञ्चालन गरिरहेको कार्य प्रशंसनीय रहेको पनि बताए । “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवर्द्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको राष्ट्रपति पौडेलले बताए ।

Dabur Nepal
NIC Asia

आश्रमकोे यो अभियानले सडकआश्रित मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा सघाउ पुगेको र सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतामा सबैको साथ रहनु पर्ने आवश्यक्ता औँल्याए । कार्यक्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को प्रतिवेदन आश्रमका अध्यक्ष रामजी अधिकारीले राष्ट्रपति पौडेललाई बुझाए । राष्ट्रपति पौडेलले आश्रमका केन्द्रीय अध्यक्ष अधिकारी र केन्द्रीय कोषध्याक्ष होमनाथ तिमल्सिनालाई माला लगाएर सम्मान गरेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro