site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालतबाहिर बसेका ‘सहकारीपीडित’लाई प्रहरीले हटायो, रविका समर्थकलाई पनि निकाल्न माग

पोखरा । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका प्रतिवादीमाथिको थुनछेक बहस जारी छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

गएको कात्तिक २ गतेयता उनी कास्की प्रहरीको हिरासतमा छन । उनका कानुन व्यवसायीको बहस सुरु भइसकेको छैन । तर, रास्वपा नेता–कार्यकर्ता हरेक दिनको थुनछेक बहसमा सहभागी हुने गरेका छन् । जबकि, अदालतले सञ्चारकर्मीलाई समेत बहसमा बस्न दिएको छैन ।

अदालत रास्वपा नेता–कार्यकर्ताले भरिने गरेको छ । ‘सहकारीपीडित’ पनि आइतबार बहस सुन्ने भनेर अदालततर्फ लागेका थिए । तर, गेटमा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई भित्र प्रवेश दिएनन् ।

आफूहरूलाई जान नदिए रास्वपा सभापति लामिछानेका समर्थकलाई पनि भित्रबाट निकाल्न उनीहरूले माग गरे । त्यसपछि अदालतको गेटबाहिर सडकमै बसेर उनीहरूले विरोध जनाए ।

प्रहरीले त्यहाँ पनि बस्न दिएन । उनीहरूलाई त्यहाँबाट पनि हटाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro