site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मापसे चेक गर्दा सर्लाहीमा वडाध्यक्षकै नेतृत्वमा जुलुस ! प्रहरीले चलायो गोली 

काठमाडौं । सर्लाहीको रामनगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो ।

मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । उनी माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए । १५० जनाको टोलीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । घटनामा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro