site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अचानक बिरामी’ भएका सांसद शाहीको विषयमा छानबिन गर्न समिति गठन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । अविश्वास प्रस्तावको मतदानको दिन बुधबार अचानक बिरामी भएर अस्पताल पुगेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानविन समिति गठन गरेको छ ।

बुधबार २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही त्यसपछि भने फोन अफ गरेर सम्पर्क विहिन भएका थिए । 

उनी सम्पर्कविहीन भएपछि जनामोर्चाकै सांसद पियारी थापाको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संसद स्थगित भएपछि चाहिँ सम्पर्कविहीन भएका शाही चरक अस्पतालको स्विट रुम ६१५ मा भर्ना भएको खुलेको थियो ।

उनलाई कोभिड पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यद्यपी बुधबार बिहानको सरकारी ल्याब जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा चाहिँ शाहीको कोरोना रिपोर्ट नेगेटिभ छ । तर, सरकारी रिपोर्टलाई उछिनेर यहाँको एक निजी ल्याब लाइफकेयर डायग्नोष्टिक प्रालिले चाहिँ ३६ मिनेट अगावै सांसद शाहीलाई पोजेटिभ भएको कोरोना रिपोर्ट दिएको थियो ।

Royal Enfield Island Ad

पछिल्ला यी विवादित र शंकास्पद गतिविधी देखिएको हुँदा जनमोर्चा केन्द्रले विज्ञप्ती नै जारी गरेर आफ्ना सांसदलाई बन्दी बनाइएको आरोप लगाएको छ ।

जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै, “स्थिती सार्वजनिक गर्न” माग राखेकी छन् ।

आफ्ना सांसद अस्पतालमा भर्ना भएपछि भेट्न गएका जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराललाई अस्पताल प्रशासनले भेट दिएन । तर, उनले बिहिबार चाहिँ सांसद शाहीलाई भेटेका छन् ।

सांसद शाहीसँगको भेटपछि बाह्रखरीसँगको संवादमा उनले टाढैबाट हाइहेलो मात्र भएको जनाएका छन् ।

“उहाँसँग टाढैबाट हाइ हेलो भएको छ । अरु कुराकानी केही भएको छैन । कोभिड वार्डमा हुनुहुन्छ । भेट्ने काम भयो, धेरै कुरा भएको छैन । टेलिफोनमा कुरा गरौँला फोन अन गर्नुहोस भनेर आएको छु,” बरालले भने ।

यस्तै, उनको विषयमा छानविन गर्न जनमोर्चाले समिति पनि बनाएको छ । यो समितिको संयोजकमा जनमोर्चाका महासचिव मनोज भट्ट रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro