site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई निलम्बन गर्न संसद् सचिवालयमा पत्र
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनको प्रक्रिया अघि बढेको छ । आइतबार कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइएको हो ।

त्यसका लागि आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारी संसद् सचिवालयलाई पठाएको हो ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको बाह्रखरीसँगको कुराकानीमा जानकारी गराए ।

“उहाँको सांसद पद स्वतः निलम्बनमा रहन्छ,” उनले भने, “सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन हुनेछ ।”

"प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ," ऐनमा व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro