site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारी ठगी प्रकरण–थप १९ जनाविरुद्ध मुद्दा, रविविरुद्ध आइतबार 

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको छ ।  सोही प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेविरुद्ध आइतबार पूरक मुद्दा लगिने कार्यालयले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको हो ।

जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार उनीहरुमाथि थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगो माग गरिएको छ । 

थप बिगोसहित सूयदर्शन सहकारीबाट असुल्नुपर्ने बिगो कुल बिगो एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको छ । ती १९ जना प्रतिवादीलाई नै सहकारी ऐनको दफा ६ बमोजिम बिगो थप माग दाबी गरिएको हो ।  

जीबी रार्ईको हकमा मात्र सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अनुसारको दफा थपसहित पूरक अभियोग दर्ता हुन आएको लामिछानेले जानकारी दिए ।

थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् ।

यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ ।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

अहिले प्रहरी हिरासतमा रहेका रवि लामिछाने, छविलाल जोशीसहित जीबीका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुनेछ ।

बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro