site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीको  ७ सिटर एम६ ईभी बेलुन महोत्सवमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

पोखरा । बीवाईडीले बहुप्रतीक्षित मल्टि पर्पोज भेहिकाल (एमपीभी) बीवाईडी एम६ को सार्वजनिक गरेको छ । 

पोखरामा आयोजित अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा मंगलबार साइमेक्स इंकले ७ सिट क्षमताको एम६ ईभी सार्वजनिक गरेको हो ।

यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने विद्युतीय सवारी निर्माता बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बताएको छ।

बेलुन महोत्सव एवम् एम६ एमपीभी सार्वजनिक कार्यक्रममा बोल्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यो गाडी सबै ग्राहकका लागि उत्कृष्ट रोजाइ हुने बताएकी छन् । नेपालको प्रमुख प्रयटकिय शहर पोखरामा यो गाडी सार्वजनिक गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

WhatsApp-Image-2024-12-24-at-11.08.46-AM-1735026037.jpeg
 

नेपालका हिमाल हिउँ हराउँदै गएका बेला स्वच्छ ऊर्जाका बीवाईडीका गाडीले जलवायु परिवर्तन रोक्न योगदान गर्ने विश्वास व्यक्त गरिन्। साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बीवाईडीले दिगो र गुणस्तरमा विश्वास गर्ने बताए। बीवाईडीका ईभी गाडीले ७७ अर्ब किलो कार्बनडाइअक्साइदको उत्सर्जन रोकेको उनले बताए। 

बेलुन फेस्टिभलमा गाडी सार्वजनिक गर्दै उनले नेपालको दिगो प्रयटनमा पनि बीवाईडीले योगदान दिन उनले बताए। बीवाईडीको प्रयोजनमा पोखरामा बेलुन फेस्टिवलको आयोजना गरिएको छ।

उनले सन् २०१५ मा पहिलो पटक ई६ ईभी नेपालमा भित्र्याएको बताए। त्यसयता कम्पनी नेपालमा हेरिटेज र लिगेसी कायम गरेको बताए । आहिले भित्र्याएको एम६ गाडीले नेपालमा नयाँ बेञ्चमार्क सेट गर्ने उनको विश्वास छ । उनले यो सबै भन्दा कमफरटेबल ७ सिटर गाडी भएको बताए ।

WhatsApp-Image-2024-12-24-at-11.21.17-AM-1735026037.jpeg
 

साइमेक्स इंकका अधक्ष्य अनिल श्रेष्ठले बेलुन फेस्टिवलमा एम६ सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे । यसले नेपालको दिगो एवम् स्वश्च यातायातमा योगदान दिने विश्वास उनले व्यक्त गरे। नेपालमा सार्वजनिक भएकै दिन एम६ का एकसय यूनिट बुक भइसकेको बताए। यो विश्वासका लागि उनले सबैप्रति आभार व्यक्त गरे।

यस्तो छ फिचर तथा क्षमता

बीवाईडीको विद्युतीय एमपीभी एम६ मा ७१.८ किलोवाट आवरको ब्याट्री छ। गाडीले डब्लूएलटीपीका आधारमा ४४० किलोमिटर रेन्ज दिन्छ। एम६ मा १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर छ भने गाडीको टर्क २५० एनएम छ।
कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको बीवाईडी एम६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ छ । कम्पनीले यो एमपीभी (मल्टी युटिलिटी भेइकल) नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटीका आधारमा डिजाइन गरिएको बताएको छ ।

WhatsApp-Image-2024-12-24-at-11.21.45-AM-1735026037.jpeg
 

गाडीमा ७ वटा प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटी छ । ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्ने गाडीलाई ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । 

WhatsApp-Image-2024-12-24-at-11.21.53-AM-1735026037.jpeg
गाडीमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर जस्ता एड्भान्स्ड सेफ्टी फिचर छन् । १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधि पनि यो एमपीभीमा छन् ।  बीवाईडी एम६ एमपीभीको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० किलोमीटरसम्मको वारेन्टी रहेको साइमेक्स इंकले जनाएको छ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro