site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनका निम्ति कांग्रेस र एमालेले बेग्लाबेग्लै कार्यदल बनाउने 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन् । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गरिने बताए । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए । 

“पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौं । त्यसपछि  सबै राजनीतिक दलसँग चरणबद्ध रूपमा वार्ता र संवाद गर्छौं,” गृहमन्त्री लेखकले भने, “त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।”

समावेशितालाई कमजोर बनाउन होइन, बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro