site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पछिल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी, यी स्थानमा भयो वर्षा
हुम्ला सदरमुकाम सिमकोट र आसपासको क्षेत्रमा मंगलबार बिहान देखिएको हिमपातको दृश्य । तस्बिर : दाने बोहरा/रासस ।

काठमाडौं । देशका केही स्थानमा सोमबार (हिजो) रातिदेखि बदली (आकाशमा बादल), वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो ६ घण्टा (मंगलबार बिहान ९ बजेसम्म)मा डडेलधुरामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । डडेलधुराका केही स्थानमा वर्षा भएको उनले बताइन् ।

यो अवधिमा डडेलधुराको साहुखर्कमा सबैभन्दा बढी १५.६ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै डडेलधुरा वर्षा मापन केन्द्रमा ८.२, चौरबन्दलेमा ७ मिलिमिटर वर्षा मापन गरिएको छ । डोटीका केही स्थानमा पनि वर्षा भएको छ । डोटीको गैरामा ६.८, दिपायलमा ५.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

बैतडीमा ३.८, हुम्लामा २.२, कञ्चनपुरमा १ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन् । “त्यहाँ केही स्थानमा वर्षा भइरहेको छ, हुम्लामा हिमपात पनि भएको छ,” उनले बाह्रखरीसित भनिन् ।

उक्त पानी पार्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै छ । त्यसले विभिन्न स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । त्योसँगै चिसो बढ्नेछ ।

“काठमाडौंमा पनि आज राति फाटफुट वर्षाको सम्भावना छ,” मौसमविद् कँडेलले भनिन्, “भोलि पनि आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।”

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro