site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाइडबडी घोटाला : नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना
फाइल तस्बिर ।

काठमाडौं । वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर (सात अर्ब ४९ करोड २६ लाख रुपैयाँभन्दा बढी) जरिवाना गरिएको छ ।

अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एयरलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो ।”

घुस दिएपछि कम्पनीले २४ मिलियन अमेरिकी डलरबराबरको व्यापार प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाली अधिकारीलाई घुस दिएको विज्ञप्तिमा जनाइएको छ ।

दुई वाइडबडी विमान ए३३०–२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना गरिएको हो । एएआरले नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro