site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लाइसेन्स छपाई बन्द, विभाग भन्छ–स्मार्टकार्ड छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्मार्ट कार्डको अभावले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभावमा छपाई बन्द भएको हो । स्मार्टकार्ड नहुँदा ३ लाख १० हजार सवारी लाइसेन्स यातायात व्यवस्था विभागमै थन्किएका छन् । 

यद्यपि, विदेश जानका लागि अत्यावश्यक छपाई भने गरिँदै आएको विभागले जनाएको छ । ‘स्टक’मा राखिएका ‘स्मार्टकार्ड’ सकिँदा लाइसेन्स छपाई कार्य अवरुद्ध भएको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल बताउँछन् । स्कटमा राखेका स्मार्टकार्ड सकिदा लाइसेन्स छपाइमा समस्या आएको उनी बताउँछन् । 

कोरोना महामारीपछि नेपालमा स्मार्टकार्डको आयात हुन सकेको छैन । स्मार्ट कार्ड नेपालमा उत्पादन हुँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “कोरोना महामारी पछि नयाँ स्मार्ट कार्ड खरिद गर्ने प्रक्रिया अघि बढाउन सकिएन । नयाँ लाइसेन्स छाप्ने मेसिन नहुँदा समस्या भएको थियो । अहिले नयाँ मेसिन त आयो तर, स्मार्टकार्ड छैन् ।”

पाँच लाख नयाँ आवेदन
विभागका अनुसार कोरोना महामारीपछि मात्रै पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । कोरोना महामारीमा बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु गरिएको थियो ।  

Global Ime bank

हालसम्म ट्रायलको परीक्षा दिने मध्ये चार हजार पाँचसयले पास गरेका छन् । ट्रायलको परीक्षा लिने क्रम भने रोकिएको छैन । एक पटक लिखित परीक्षा पास गरेपछि १८ महिनासम्म ट्रायल दिन पाउने व्यवस्था छ ।
 
९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेण्डर 

स्मार्ट लाइसेन्स कार्ड ९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेन्डर जारी गरिएको इञ्जिनयर पोखरेल बताउँछन् । उनले भने, “स्मार्टकार्ड आएपछि लाइसेन्स छपाई सुरु गर्छौं । अहिले हामीले विदेश जाने लगायत अत्यावश्यक सेवाग्राहीलाई मात्रै सवारी लाइसेन्स उपलव्ध गराउन सक्छौँ ।” 

विभागका अनुसार ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड आउने छ । त्यसपपछि लगत्तै छपाई सुरु हुने छ । छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने विभागको दाबी छ ।
 
फ्रान्सेली कम्पनीसँग विभागले १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । 
 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC