site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुलामञ्च खालि भए पनि व्यापार हट्न सकेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च भित्रका संरचना हटाउने काम गर्दै आएको छ । खुलामञ्चको चारैतिर व्यापारिक प्रयोजनको नाउँमा हडपिएका संरचना हटायो । तर, खुलामञ्चका शौचालय भित्र भएका पसल र भोजनालय हटाउन सकेको छैन् ।  

बाहिर टाँसेका व्यानर  हेर्दा सार्वजनिक शौचालय जस्तै देखिन्छन् । ‘सार्वजनिक शौचालय र स्नान घर’ साइनबोर्ट टाँसिएको छ । भित्र जाँदा भने कतै भोजनालय त कतै जुत्ता पसल र कपडा पसल छन् । शौचालयका ढोकामै टँसाएर सैलुन बनाइएका छन् । सर्वसाधारण शौच गर्न जाँदा अन्धाधुन्दा हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठका अनुसार खुलामञ्च छेउछाउमा महानगरले शौचालय बनाएको थियो । ‘‘उक्क्त शौचालयमा पहिलेदेखि व्यापार व्यवसाय सञ्चालन हुँदै आएका छन् । सर्वसाधारण यसको सास्ति खेप्न बाध्य छन् । सर्वसाधारणका लागि बनाइएका शौचालयमा व्यापारीको रजाइँ चलिरहेछ,” उनले भने, ‘‘अहिले खुलामञ्च खालि गराइरहेको बेलामा ती पसल हटाएर लाइनवद्ध रुपमा शौचालय बनाएको भए सर्वसाधारणलाई सजिलो हुनेथियो । मेयर शाक्यले भित्रभित्रै गोप्य सेटिङ मिलाएर म्याद थप गरिदिएका छन् । पहिले महानगरले शौचालय बनाउने बेलामा भनेको थियो । सहरबासीका लागि सहरी सेवा केन्द्र, सार्वजनिक शौचालय व्यवस्थित बनाएर शौच गर्न सजिलो वातावरण सृजना गर्ने । अहिले आएर शौचालयमा व्यापारीको रजाइँ छ ।”
 
जेष्ठ नागरिक र अपांगता र महिलामाथि खेलवाड 
स्थानीयका अनुसार रत्नपार्क खुलामञ्च भनेको राजधानीको केन्द्रविन्दु हो । ‘‘सर्वसाधारण शौचालय नपाएर आत्तिरहेका हुन्छन् । महानगरले बनाएका शौचालयमा व्यापारीको रजाइँ छ,” गणपतिलाल भन्छन्, ‘‘शौचालयभित्र रुपैयाँ उठाइरहेका छन् । शौचालयका ढोका थुनिने गरी व्यापारका सामान राखिएका छन् । जेष्ठ नागरिक, शारीरिक अपांगता भएका मानिसलाई समस्या सृजना हुँदै आएको छ । अझ महिलालाई त झनै सकस हुन्छ । महिलालाई यस्ता शौचालयमा सुरक्षित महशुस हुँदैन ।”

महानगरपालिका र सिन्धुलीका माधवप्रसाद काफ्लेबीच सम्झौता भएको छ । शहरी सेवा केन्द्र रत्नपार्कको आय संकलन ठेक्का बन्दोबस्त सम्बन्धी सम्झौता हो । काठमाडौं महानगरपालिका र माधवप्रसाद काफ्लेबीच २०७३ साल भदौ १ गते पाँच वर्षको लागि भएको सम्झौता छ  । 

Global Ime bank

सम्झौतामा उल्लेख गरिए अनुसार शौचालय क्षेत्रभित्र नियमित रुपमा सरसफाई गर्नुपर्नेछ । शौचालयमा साबुन रुमाल सरसफाइका सामग्री राख्नुपर्नेछ । बास्नादार बस्तुहरु अनिवार्य गरिएको थियो । हरेक दिन विहानको ५ बजेदेखि बेलुकी १२ बजेसम्म सरसफाइ गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
 
शौचालयको अवस्था हेर्दा सर्वसाधारणले छिर्न नमिल्ने गरी व्यापार व्यवसाय गर्दै आएको सम्पदा संरक्षणकर्मी आलोकसिद्धी तुलाधर बताउँछन् । उनी अहिले शौचालयमा जान हम्यहम्य परेको सुनाउँछन् । ‘‘शौचालय महानगरले सर्वसाधारणका लागि बनाएको की व्यापारीका लागि ? महानगरको ध्यान कहाँ छ ? व्यापारीले शौचालय दुर्गन्धित बनाइदिएका छन् । महानगर कत्तिसम्म बेखबर ? शौचालय भित्र छिर्न त परै जाओस, यसको वरिपरी जाँदा पनि मास्क लगाउनुपर्ने र नाकमुख थुनेर हिड्नुपर्ने अवस्था छ,” उनले भने, ‘‘महानगरपालिकाले भित्री आफ्नो षड्यन्त्र बनाएको छ । देखावटीको रुपमा मात्रै खुलामञ्च हटाउँदैछ महानगर । खासमा खुलामञ्चका चारै क्षेत्रमा व्यापारिक प्रयोजन हटाउन जरुर देखिन्छ । महानगरले सर्वसाधारणका सुरक्षामा कहिले काम गर्ने ? महानगरका मेयर विद्यासुन्दर शाक्य हामीलाई विकास विरोधी भन्छन् । यस्तै यस्तै मेयरको नियतले गर्दा हामी विकास रोक्न बाध्य हुन्छााैं ।”
  
मेयर र उपमेयरबीच नै विवाद
खुलामञ्च र रत्नपार्कका सार्वजनिक शौचालय हटाउने काममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद छ । उपमेयर हटाउने पक्षमा छिन् । मेयर शाक्य राख्ने पक्षमा छन् । आफ्नै निर्णय मान्य हुनुपर्छ भन्दै अरुको कुरा सुन्दैनन् ।
 
काठमाडौं महानगरपालिकाले पहिलो र दोस्रो चरण गरी खुलामञ्च खालि गरायो । दोस्रो चरणमा खालि गराउन भित्रका सम्पदामा डोजर चलाएर खालि गरायो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली चरणवद्ध रुपमा सम्पदा खुलामञ्चका सम्पदा हटाउँन थालेको बताउँछन् । उनी दरबार हाइस्कुल र वीर अस्पताल पुनर्निर्माण भइसकेकाले खालि गराउने लागेको बताउँछन् । ‘‘अस्थायी बसपार्कलाई अन्यत्र व्यवस्थापन गरेर खुलामञ्च खालि गराउने योजना बनाएका छाँै । अब चरणवद्ध रुपमा हामी हटाउने योजना बनाएका छौँ,” उनले भने ।
  
नगर प्रहरी भन्छ : हामीलाई थाहा छैन 
नगर प्रहरी प्रमुख धनपति सापकोटा शौचालयभित्रका व्यापार हटाउनेबारे आफूलाई जानकारी नभएको बताउँछन् । उनी खुलामञ्चका संरचना भत्काइरहेको बताउँछन् । ‘‘शौचालयभित्रका व्यापार हटाउने टुंगो लागेको छैन । टुंगो लागेर हामीलाई जानकारी आयो भने हामीले हटाउने हो,” उनले भने, ‘‘खुलामञ्च खाली गर्न पुनर्निर्माण प्राधिकरणलगायत निकायलाई पत्र लेख्यौँ । हटाउन सहज वातावरण भएपछि मात्रै काम सुरु गरेका हौँ । शौचालयभित्र भइरहेका व्यापार हटाउने प्रक्रियामा छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC