site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनाइयो ल्होसार, कोरोनाले जमघट घट्यो ! (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगतका वर्षहरूमा भन्दा यसपटक तामाङ जातिले मनाउने ल्होसारमा सर्वसाधारणको जमघटमा कमी आएको छ । कोरोना संक्रमणकै कारण सोनाम ल्होसारका अवसरमा कार्यक्रमहरु पनि नहुँदा जमघटमा कमी देखिएको बौद्ध क्षेत्र विकास समितिले जनाएको छ ।

तामाङ समुदायले धेरै भिड हुने कार्यक्रम नगरी ल्होसार मनाएको समितिका कार्यकारी निर्देशक वसन्त लामाले जानकारी दिए । आजदेखि २८५७औँ वर्ष प्रवेशसँगै मुसा वर्ष पूरा भई गाई वर्षमा प्रवेश भएको छ । ‘‘कोरोना भाइरसले गर्दा हामीले धेरै भिड नगरी साधारण चियापान गरी मनाएका छौं," उनले भने । उनका अनुसार यसअघि सातादिनदेखि नै बौद्ध, स्वयम्भ"लगायत गुम्बाहरूमा निकै खुसीयाली छाउँथ्यो ।

ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लाइनबद्ध रुपमा बौद्धका गुम्बामा गएर घेला (लामा) बाट आशीर्वाद लिएको स्थानीय साङ्गे लामाले बताए । उनले भने, ‘‘देशभर ल्होसारकै अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तर ल्होसारमा भने खुलेर रमाइलो गर्न पाइएन ।”
 
कोरोना महामारीका कारण यसपालि स्वास्थ्य मापदण्ड अपनाएर भिड नहुने कार्यक्रम गरेको बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । बौद्ध क्षेत्रमा पनि केहीबेर सांस्कृतिक झाँकीसहित बाजागाजा र्‍याली निकालिएको थियो । उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा ल्होसार पर्व आफ्नो गच्छेअनुसार मनाइएको छ ।
हेरौं थप तस्बिर :
No description available.

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC