site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गम्भीर रोगका बिरामीको उपचार भत्ता अब स्थानीय तहलाई बजेटमै पठाइने 

काठमाडौं । सरकारले अब मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीको औषधि उपचार खर्च अब स्थानीय तहको बजेटमै समेट्ने तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीलाई दिइने खर्च तथ्यांकअनुसार स्थानीय तहको बजेटमै एकमुष्ठ पठाउने निर्णय गरेको हो । त्यसका निम्ति बिरामीको खातामा नियमित ट्रान्सफर गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ । यसअघि स्थानीय तहहरूले भत्ता वितरण गरी मन्त्रालयमार्फत् शोधभर्ना लिँदै आएका थिए । 

कस्ता बिरामीले पाउँछन् भत्ता ? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई भत्ता पाउने सूचीमा राखिएको छ । मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका व्यक्तिबाहेकका क्यान्सर रोगी (क्यान्सर पहिचान भई उपचारपछि निको भइसकेका तर चिकित्सकले तीन–तीन महिनाभित्र निरन्तर निगरानीमा राखेका व्यक्ति) र मेरूदण्ड पक्षाघात भएका (रातो र मिलो अपांगता परिचयपत्र प्राप्त गरेका) गरिब तथा विपन्न व्यक्तिले भत्ता पाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro