site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दुईदिनको तयारीले राष्ट्रिय प्रतियोगितामा सहभागी !
Sarbottam CementSarbottam Cement

लमही । कर्णाली प्रदेश भौगोलिक रुपमा पिछडिएको क्षेत्र हो । राज्यले गरेको उपेक्षाका कारण कर्णाली कुनै पनि क्षेत्रमा अघि छैन भन्ने टिप्पणी पुरानै हो । तर सबै क्षेत्रमा कर्णालीको सम्भावना भने कम छैन । उपयुक्त वातावरण बनाएर लगानी गर्ने हो भने कर्णाली नुन रोपेर सुन उघाउने ठाँउ हो । 

हरेक क्षेत्रको सम्बिन्धित निकायमा रहेको व्यक्तिहरुले आफू पालिने काम गर्न खोज्दा लगानिको प्रतिफल देखिँदैन । त्यस्तै देखियो प्रदेश ५ को राजधानी लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा । 

लक्ष्मि पुरीलााई प्रतियोगिता हुने एकसाता अघि जानकारी भयो । उनले उक्त जानकारी क्यानबाट वा अन्य कुनै निकायबाट पाएकी भने होइनन् । फेसबुकको वालमा महिला पीएम कप हुने देखिन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो वर्षको संस्करणमा कप्तानीको जिम्मेवारी पाएकी उनलाई यो वर्ष पनि खेल्न पाउने आसा लागेको हो । तर, प्रतियोगिताको मिति हतारमा तोकियो । 

त्यसअघि क्यानले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको एकै टोली हुने बताएको थियो । सोही सूचनाले खेलाडीहरु अलमलमा थिए । प्रतियोगिता आउन १० दिन पहिले पुनः महिला र पुरुषको प्रतियोगिता एकै दिन नहुने सूचना अयो । 

Global Ime bank

यो माहोलले लक्ष्मिले प्रतियोगिता सुरु हुनु सातदिन पहिलेसम्म पनि राम्रो तयारी गरेकी थिइनन् । न कुनै प्रशिक्षण न त कुनै प्रशिक्षणको आधार । 

आफूले पहिलेका वर्ष तयारी गर्न जाने एकेडेमीमा दुई दिन तयारी गरिन् । एक्लै गरेको तयारीले के नै प्रतिफल आउँन्थ्यो र ?  

उनले लामो तयारी गर्न पाइनन् । प्रतियोगिता सुरु हुने दुई दिनअघि क्यानले खेलाडीलाई क्यापमा बोलायो । होटेलमा बसेका खेलाडीले राम्रो तयारी केही गर्न सकेनन् । 

“दुई दिनको तयारीले केही होला जस्तो पनि लागेको थिएन । कर्णाली प्रदेश क्यानले पनि तयारीका लागि केही वातावरण बनाएन् । अझ भनांै कर्णालीमा क्यान भएको महसुस पनि छैन । नत केन्द्रको क्यानले कुनै प्रशिक्षणका लागि माहोल बनाएको छ,” लक्ष्मिले बाह्रखरीसँगको कुराकानीमा भनिन् । 

क्याम्पमा तेस्रोदिन बिहानै खेलाडीहरु प्रतियोगिताका लागि भनेर लुम्बिनी प्रदेशको राजधानी लमही पुगे । अघिल्लो दिन दिउँसो ३ बजे लमही पुगेका खेलाडीहरुको खेल आयोजकको प्राविधिक टोलीले दिउँसो २ बजे राखेको थियो । 

करिव २२५ किलो मिटरको यात्रा गरेर पुगेका खेलाडीहरुले २४ घण्टा नवित्दै तयारी गर्नु पर्यो । प्रतियोगिताको साविकको विजेता टोलीसँग खेल परेको हुनाले खेलाडीहरुको मनोबल उसै कमजोर थियो । 

खराव मौसम, टस र खराव आउटफिल्डका कारण बलियो एपीएफसँग कर्णाली प्रदेशले घुँडा टेक्नु पर्यो । उसो त टिमका लागि उक्त खेल सामान्य प्रशिक्षणका लागि थियो । उनीहरुलाई प्रतियोगिताका लागि तयारी पुगेको थिएन । 

खेलमा पराजित भएपछि कर्णाली प्रदेशकी कप्तान लक्ष्मि रिजालले प्रतियोगिताको लागि राम्रो तयारी नपुगेको र प्रतियोगितामा आउनु पूर्व मात्र दुईदिन तयारी गरेको भन्दा एपीएफका खेलाडीहरु छक्क परे । 

एक त तयारी नै नपुगी त्यो स्तरको प्रदर्शन गरकोमा खेलाडीहरुमा हौसला थियो । अर्काे गैरजिम्मेवार पना देखाउने क्यान प्रति ‘स्याटर’ थियो । 

१८ दिनमा फुटबलबाट राष्ट्रिय स्तरको क्रिकेट खेलाडी 
कर्णाली प्रदेशको टिममा सबै जसो खेलाडी नयाँ छन् । प्रतियोगितामा आधा भन्दा धेरै खेलाडीले डेब्यू गरेका छन् । क्रिकेटको माहोलबाट आएका खेलाडीको डेब्यू कुनै नौलो कुरो थिएन । 

प्रतियोगितामा कर्णाली प्रदेशका लागि उत्कृष्ट बलरको रुपमा चिनिएकी अन्जु गरुङ प्रतियोगिता सुरु हुने १८ दिन पहिलो फुटबल खेलाडी थिइन् । उनलाई क्रिकेटप्रति कुनै ज्ञान थिएन । कर्णालीमा कम खेलाडी भएका कारण उनलाई क्रिकेटमा रहर लाग्यो । 

प्रतियोगिताका लागि तयारी हुने उनको मन थिएन । राम्रो तयारी गरेर अर्काे वर्षसम्म राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि बन्छु भन्ने लागेको थियो । 

तर, उनी प्रतियोगितामा खेलाडी अपुगको कारण सहभागी भइन् । प्रतियोगिताको तीन खेल खेलेकी उनले तीन विकेट लिन सफल पनि भइन् । उनको लागि यो फुटबल जीवन पछिको पहिलो क्रिकेट प्रतियोगिता थियो । 

“फुटबल खेल्दा खेल्दै क्रिकेटमा लागेँ । यो खालको सफलता मिल्छ भन्ने थिएन् । जे हुन्छ राम्रोका लागि हुन्छ भनेर ज्ञान लिँदै १८ दिनमा क्रिकेट खेलाडी बन्न पुगेछु । राम्रो तयारी भएको थियो भने हामी खेल नै जित्ने रहेछौं,” गुरुङले भनिन् । 

तयारी बिना नै प्रतियोगिता खेल्दाको परिणाम  
कर्णाली प्रदेशमा एक मात्र क्रिकेट संघ हो । कर्णालीमा सुर्खेत जिल्लाबाहेक अन्य कुनै ठाँउमा क्रिकेट खेल्दैनन् । विद्यालय स्तरमा हुने खेलकुद प्रतियोगिताका लागि क्रिकेट खेल्दाबाहेक प्रशिक्षका लागि एक मात्र एकेडेमी छ । 

उक्त एकेडेमीमा वर्षभर प्रशिक्षण पनि हुँदैन । जिल्लामा प्रतियोगिता पनि कुनै हुँदैन । सुर्खेत जिल्ला क्यानका अध्यक्ष श्रीधर केसी पनि प्रतियोगिता हुनु केहीदिन अघि जाग्छन् । 

वर्षभर एक प्रतियोगिताका लागि कति नै तयारी हुन्छ । उसो त तयारीका लागि उपयुक्त प्रशिक्षक पनि छैनन् । हाल टिमलाई प्रशिक्षण गर्न आइपुगेको रोशन शाही पनि प्रतियोगिता हुनु एकसाता पहिला महिला टोलीका लागि प्रशिक्षण गराइरहेका थिए ।  

“प्रतियोगिताका लागि धेरै तयारी भएन । तयारी नै नभएर प्रतियोगितामा सहभागिता जनाउँदा नतिजा यस्तो नै आउने हो । हामी वर्ष भरी एक मात्र प्रतियोगिता खेल्छौं । त्यसमा पनि प्रतियोगिताका लागि मात्र दुईदिन तयारी गरेर पुग्ने होइन,” शाहीले गुनासो पोखे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC