site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुबुदुको चुनौतीमय दोस्रो इनिङ्स

काठमाडौं । नेपाली क्रिकेटका लागि पुबुदु दशानायके नौलो नाम होइन । नेपाली क्रिकेट टोलीले सन् २०१४ को ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्नुमा उनको महत्वपूर्ण योगदान छ । 

नेपाली क्रिकेट विकासका लागि दीर्घकालीन सोच राख्ने उनै पुबुदु अहिले पुनः राष्ट्रिय टोली सम्हाल्दैछन् । दोस्रो पटक नेपाली क्रिकेट टोली सम्हाल्न लागेका पुबुदुका लागि दोस्रो इनिङस भने सहज हुने छैन ।
 
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बोर्ड बैठकबाट उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । खेलाडी र क्यानबीचको जुहारी चलिरहेको समयमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई अहिले दुई पक्षबीच समझदारी कायम गरेर लैजाने चुनौती छ ।  

पुबुदुले छाडेपछि विदेशी प्रशिक्षकहरुले नेपालमा धरै लामो समय विताएका छैनन् । यसअघिका प्रशिक्षक उमेश पटवाल र डेभ वाट्मोरले नेपाली टोलीमा एक वर्ष बिताएनन् । 

Dabur Nepal

यस्ता छन् पुबुदुका चुनौतीहरु
टिममा एकता कायम गर्नु 
नेपाली क्रिकेटमा पछिल्लो समय क्यान दुई धारमा बिभाजित छ । क्यान जस्तै क्रिकेट खेलाडी पनि दुई धारमा बिभाजित छन् । आईसीसीको निलम्बनबाट पूर्ण रुपमा फुकुवा नभएको अवस्थामा क्यानमा राजनीति मौलाउन खोज्नु नेपाली क्रिकेटका लागि राम्रो होइन ।  

यस्तो अवस्थामा क्रिकेट खेलाडीमा एकता कायम गर्नु पुबुदुका लागि पहिलो चुनौती हुनेछ । 

‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले सार्वजनिक रूपमा वक्तव्यबाजी गरेका थिए । सोही विषयलाई लिएर क्यानले खेलाडीहरुसँग दुईपटक स्पष्टीकरण सोधिसकेको छ । दुई पटककै स्पष्टीकरण चित्त नबुझेको भन्दै छानविन समितिले कारवाही गर्नुपर्ने आसयको प्रतिवेदन क्यानलाई बुझाएको छ । त्यसैले अहिले क्यान ती चार खेलाडीहरुलाई कारवाही गर्ने योजनामा छ । पुबुदुलाई क्यान र खेलाडीबीच समन्वय गरेर लैजाने चुनौती छ । 

विश्वकपको ग्लोबल छनोट पार गर्ने 
नेपालले सन् २०२२ मा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा ग्लोबल छनोटको समूह ‘ए’मा यूएई, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

समूह ‘ए’का खेलहरु फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछन् । त्यसको तयारीका लागि नेपाललाई लामो समय छैन । पुबुदु डिसेम्बरभित्रै नेपाल आइपुग्ने छन् । त्यसपछि मात्र उनले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाउनेछन् । नेपाललाई तयारीका लागि जम्मा ४५ दिन बाँकी हुनेछ । बलियो टोलीहरुसँग छोटो तयारीमा ग्लोबल छनोट खेल्न सहज हुनेछैन । 

नेपाल रहेको समूहमा ओमान, यूएई र आयरल्यान्ड बलियो प्रतिस्पर्धी हुन् । यस्तो अवस्थामा पुबुदुलाई नेपाललाई विश्वकपसम्म पुर्याउने ठूलो चुनौती छ । पुबुदुलाई चुनौतीसँगै नेपाललाई दोस्रो पटक विश्वकप खेलाउने अवसर पनि छ । 

अष्ट्रेलियामा हुने विश्वकप छनोटका लागि ग्लोबल छनोटको समूह ‘बी’मा हङकङ, अमेरिका, युगान्डा जिम्बाब्वे, नेदरल्यान्ड्स, युगान्डा, पीएनजी र सिंगापुर छन् । दुवै समूहबाट शीर्ष दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् । 

लामो समय टिक्ने
मुख्य प्रशिक्षक पुबुदुले पहिलो पटक नेपाल आउँदा २०११ देखि २०१५ सम्म बसे ।   त्यसयता नेपाली क्रिकेट टोलीमा विदेशी प्रशिक्षक लामो समय टिक्न सकेका छैनन् । 

यसअघिका प्रशिक्षक डेभ वाट्मोर र उमेश पटवाल पनि लामो समय नेपालमा बसेनन् । त्यसकारण पनि क्यानले अहिले दीर्घकालीन सोच राखेर पुबुदुलाई दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी दिएको छ । दुई वर्ष पुबुदुले नेपालमा नै बिताउनेमा क्यान विश्वस्त छ । 

डेभ वाट्मोर प्रशिक्षकमा नियुक्त भएको समयमा पनि पुबुदुले प्रशिक्षकका लागि आवेदन दिएका थिए । अन्तिम समय अन्तर्वार्ताबाट पुबुदुलाई क्यानले प्रशिक्षकको जिम्मेवारी दिन मानेन । 

यसअघि क्यानले मुख्य प्रशिक्षकलाई ६ महिनादेखि वर्ष दिनको सम्झौता दिने गरेको क्यानले पुबुदुलाई लामो समय दिएको छ । “मलाई विश्वास छ, उनको यो दुई वर्षे कार्यकालमा क्रिकेटले ठूलो उचाइ लिनेछ,” क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमा भनेका छन् ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पुबुदुलाई पनि लामो समय टिममा टिक्न चुनौती छ । 

समर्थकको आशालाई भरोसामा बदल्ने 
नेपाली समर्थकहरुले पुबुदुबाट ठूलो अपेक्षा गरेका छन् । नेपाललाई पहिलो पटक विश्वकप क्रिकेट खेलाएर सबैको प्यारो बनेका पुबुदुलाई समर्थकहरुले उनीबाट ठूलो सफलताको अपेक्षा गरेका छन् । 

क्यानडा र अमेरिकाको प्रशिक्षकका रूपमा काम गरिसकेका पुबुदु प्रशिक्षकको रुपमा राम्रो अनुभव छ । सोही अनुभवलाई अहिले उपयोग गरेर नेपाली समर्थकलाई खुसी बनाउने चुनौती पुबुदुमा छ । त्यसको पहिले पाइला विश्वकपको ग्लोबल छनोट पार गर्नु हो । पुबुदुले टिम सम्हालेको समयभन्दा अहिले धेरै परिवर्तन छ । 

नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाइसकेको अवस्थामा पुबुदुले टिम सम्हालेका छन् । नयाँ खेलाडीलाई सकरात्मक उर्जा सहित लैजाने चुनौती पुबुदुमा छ । 

टिममा रहेका खेलाडी र नयाँ अनुहारलाई समेट्दै बलियो टोली तयार पारेर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली समर्थकलाई खुसी पार्ने मौका पनि पुबुदुमा छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro