site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एक्सपोजरको अभाव र विपक्षीलाई कमजोर आँक्नु नै मुख्य कमजोरी : कप्तान क्षत्री

काठमाडौं । “असम्भव थिएन,  सम्भावनाका सिँढी धेरै देखिन्थे । नेपाली महिला क्रिकेट टोलीका लागि यस्तो अवसर फेरि आउला नआउला । तर, हामी आफै चुक्यौ,” राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुबिना क्षत्रीले भनिन् । ट्वान्टी–२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएपछि उनले यस्तो बताएकी हुन् । 

नेपाललाई पहिलो पटक विश्वकप खेलाएर क्रिकेटबाट सन्न्यास लिने रुबिनाको योजना थियो । सन् २००९ बाट राष्ट्रिय टोलीका लागि खेलिरहेकी रुबिनाको यो सपना तत्कालका लागि पूरा हुन सकेन ।

एकातिर नेपाल ग्लोबल क्वालिफायरमा पुग्न नसकेकोमा रुबिनालाई दुःख छ भने अर्कोतर्फ हालसम्म नेपाली महिला क्रिकेटको नेतृत्व सम्हाल्ने खेलाडी उत्पादन नभएकोमा चिन्ता छ । 

Dabur Nepal

“मैले नेपाललाई विश्वकप खेलाएर क्रिकेटबाट सन्न्यास लिन्छु भनेको थिएँ । एसियाली छनोटमा नेपाली महिला क्रिकेट खेलाडीको प्रदर्शनलाई नियाल्दा मैले अझै केही समय क्रिकेटमा बिताउनुपर्छ भन्ने लाग्यो । अहिलेलाई सन्न्यासलाई यही थाती राखेँ,” रुबिनाले भनिन् । 

रुबिनाले नेपाली महिला क्रिकेटको कप्तानी गर्न थालेको १० वर्ष पुग्न लाग्यो । उनले बीचमा कप्तानी छोड्ने मनसाय नबनाएकी भने होइनन् । तर,  महिला टोलीमा दबाब झेल्न सक्ने खेलाडी उनको नजरमा भएन । 

कहाँ चुक्यो नेपाल ? 

नेपाललाई पहिलो पटक ग्लोबल छनोट खेल्ने मौका थियो । नेपालले यूएई, मलेसिया, कुवेत, भुटान र हंङकंङसँग प्रतिस्पर्धा गर्दा जम्मा तीन खेलमा जित निकाल्न सक्यो । 

छनोट खेलअघि नेपालले सबै टोलीलाई कमजोर आँकेको थियो । तर,  नेपालले कुवेट मलेसिया र भुटानलाई हराउँदै ६ अंक मात्र जोडेर छनोट प्रतियोगिताबाटै बाहिरियो । 

नेपालले ठूला टोलीसँग म्याच एक्सपोजर नपाउनु हारको प्रमुख कारण भएको कप्तान रुबिना बनाउँछिन् । उनले ठूलो प्रतियोगिताका लागि खेलाडीले दबाब झेल्न नसक्ने भएकाले त्यसका ठूलो टिमसँग खेलहरू आवश्यक हुने बताइन् । 
“हामीले ठूलो टिमसँग खेल्दा दबाब झेल्न सक्ने अवस्था छैन् । त्यसका लागि हामी अझै तयार भएका छैनौं । खेलाडीमा आत्मबलको कमी देखियो । त्यसको एकमात्र अर्थ हामी ठूलो प्रतियोगिताका लागि अझै तयार छैनौं,” रुबिनाले भनिन् ।

खेलाडीहरूको मिस फिल्डिङ, क्याच ड्रप हुनु हारको मुख्य कारण भएको बताईन् । ठूलो प्रतियोगिताको दबाब नै मिस फिल्डिङ र क्याच ड्रप हुनु भएको बताइन् ।

“मिस फिल्ड हुनु र क्याच ड्रप हुनु भनेको नै खेलाडीमा दबाब हुनु हो । त्यसले नै बलरले धेरै रन खानु पर्यो,” उनले भनिन् । 

फिट्नेसको अभाव 

क्रिकेट खेलाडीमा मुख्य आवश्यक्ता भनेको नै फिटनेस हो । सोही फिटनेसलाई ध्यानमा राखेर रुबिनाले क्यानसँग एक जना फिट्नेस ट्रेनर माग गरेकी थिइन् । 

तर, क्यानले व्यवस्था गर्न सकेन । फिटनेसमा खेलाडीले आफ्नो तर्फबाट आफूले जानेको जति गरे । त्यसको परिणाम विश्वकपका लागि एसियाली छनोटमा देखियो । 

“क्यानसँग मैले फिटनेस ट्रेनरको माग गरेकी थिएँ । तर, क्यानले व्यवस्था गर्न सकेन । खेलमा खेलाडीको फिटनेसमा पनि कमजोरी देखियो,”  कप्तान रुबिनाले भनिन् । 

कमजोर तयारी 

विश्वकपको एसियाली छनोटको तालिका आएको केही समयपछि मात्र महिला टोलीले तयारी थालेको थियो । नेपालमा महिला/पुरुष टोली दुवैले अन्तर्राष्ट्रिय प्रतियोगिता आउन लागेको केही समयअघि मात्र तयारी गर्दछन् । उनीहरूको तयारीले ठूलो प्रतियोगिताका लागि केही राहत हुँदैन । 

नेपाली टोलीसँग प्रतिस्पर्धा गर्ने टोलीहरूले गरेको लामो समयको तयारीले कमजोर बनाइदिन्छ ।“हामीले लामो समय तयारी गर्न पाएनौं । एक महिनाको तयारीले नै खेल्न गएका थियौं । क्यानले नै खेल तालिकाका सार्वजनिक भएको केही दिनमा नै तयारी सुरु गरेको थियो । प्रतियोगिताअघि नै तयारी गर्ने परिपाटिले पनि हामीलाई कमजोर बनाएको हो,” रुबिनाले भनिन् । 

''सन्न्यासको विषयमा सोचेको छैन''

नेपाली महिला क्रिकेटमा नयाँ पुस्ताको कमी छ । केही आएका नयाँ अनुहारको पनि राम्रो भविष्य देखिन्छ । कविता कुँवर, डोली भट्ट, अप्सिरी बेगमलगायत पछिल्लो पुस्ताका खेलाडी हुन् । 

१० वर्ष लामो समय नेपाली महिला क्रिकेटमा बिताएका खेलाडीहरू हाल पनि क्रिकेट टोलीमा उत्कृष्ट खेलाडीको रुपमा छन् । रुबिना श्रेत्रीलगायत, ज्योती पाण्डे,  सीता राना मगर र काजल श्रेष्ठ नेपाली क्रिकेट टोलीमा रहेको लामो समय भयो । 

एसियाली छनोटमा पनि पुराना खेलाडीको प्रदर्शन नै हेर्न लायक भयो । त्यसैले रुबिना र सीताले सन्न्यास लिने कुरालाई थाती राखे ।

“हामी लामो समय क्रिकेटमा लागेको नै नयाँ पुस्तालाई स्थापित गर्ने हो । तर, अझै पनि हामी नै उत्कृष्ट छौं । नयाँ पुस्ता स्थापित नगरी सन्न्यास लिने सोच भयो भने क्रिकेट विकासका लागि हालसम्म गरेको मेहेनत खेर जान्छ,” रुबिनाले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro