site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्रीलंकालाई विश्वकप जिताएका वाट्मोर नेपाली टोलीको प्रशिक्षक बन्ने सम्भावना     
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पट्वालले राजीनामा दिए यता हाल राष्ट्रिय टोली मुख्य प्रशिक्षक विहीन छ । मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको केही दिनपछि नेपाली टोलीले मुख्य प्रशिक्षक पाउँदै छ । 

नयाँ प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएको क्यानले बताएको छ । क्यानका अनुसार त्यसबाट सुरूमा २५ जनाको सर्टलिस्ट तयार पार्दै ‘ए’ मा परेका १४ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । जसमा क्यानले १२ जनाको अन्तर्वार्ता लिएको क्यानका एक अधिकारीले जानकारी दिए । 
     
नेपाली टोलीले पाउने मुख्य प्रशिक्षको सम्भावनामा सफल प्रशिक्षक वाटमोर छन् । उनले नेपालको राष्ट्रिय क्रिकेट टिम सम्हाल्ने चाहना देखाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बाह्रखरीसँग बताए । ६६ वर्षीय वाटमोरले नेपाली टोलीको प्रशिक्षकका लागि अन्तर्वार्ता दिसकेका छन् ।
    
श्रीलंकन क्रिकेटलाइ ठूलो सफलता दिलाएका वाटमोर नेपाली टोलीमा आउने विषय भने क्रिकेट खेलाडी र समर्थक तथा क्यनका लागि निकै महत्वपूर्ण विषय रहेको छ । वाटमोरले आउने चाहना देखाएको हुँदा नयाँ प्रशिक्षकको विषयमा पनि उनको सम्भावना धेरै छ ।
 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग परामर्श गर्ने योजना क्यानको छ । त्यसमा वाटमोर मुख्य दावेदारका रुपमा रहेका छन् । श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए । श्रीलंका क्रिकेटलाई ठूलो सफलता दिलाएका उनी नेपाली टोलीको प्रशिक्षक भएमा टिमले राम्रो प्रदर्शन गर्न सक्ने सबैको आंकलन छ ।
 
“नेपाली टोलीले केही दिनमा मुख्य प्रशिक्षक पाउने छ । हामी अन्तर्वार्ताको अन्तिम चरणमा छौं । मुख्य प्रशिक्षकको लागि वाटमोरले चाहना देखाएका छन् । सेवा सुविधाको विषयमा कुरा मिलेमा हाम्रो चाहना पनि उनी नै हुनेछन्,” अध्यक्ष चन्दले भने ।
 
नेपाली टोलीका मुख्य प्रशिक्षकका लागि अन्तर्वार्ता दिएका मध्य सन् २०१४ मा नेपाललाई टी–ट्वान्टी विश्वकप क्रिकेटमा पुगाउने मुख्य प्रशिक्षक पुवुदु दशानायके पनि छन् । त्यस्तै भारतका वेन्कटरा, मुकुन्द पारमर, जिम्बाब्वेका ताइबु र स्कटल्यान्डका नेइल क्याक्रेइ रहेका छन् ।
 
लामो समय कोलम्बेको राष्ट्रिय टोलीबाट खेलेका वाटमोरले सन् १९८९ मा खेल जीवनबाट सन्यास लिएका थिए । उनी १९९६ मा श्रीलंकाले विश्वकप जित्दा मुख्य प्रशिक्षक भएका वाट्मोरले श्रीलंकन टोलीलाई ठूलो सफलता दिलाए । 

वाट्मोरले इङ्लिस क्लब काउन्टी क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । उनले काउन्टीका लागि दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए । क्लब क्रिकेटमा सफलता प्राप्त गरेका उनी श्रीलंकन टिममा फर्के जहाँ उनले १९९९ मा टिममा सफलता हात पार्न नसके पनि २००३ मा भने श्रीलंकालाई सेमिफाइनलसम्म पुर्याउन सफल भए ।
 
वाट्मोरले सन् २००५ देखि २००७ सम्म बंगलादेशको मुख्य प्रशिक्षकको रुपमा काम गरे । उनलाई श्रीलंकन टोली जस्तो सफलता भने मिलेन । २०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बने । वाट्मोर २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक बने । उनको प्रशिक्षकत्वमा पाकिस्तानले एसिया कप जित्न सफल भएको थियो ।
 
लामो समय क्रिकेट प्रशिक्षकमा सफलता प्राप्त गरेका वाट्मोर नेपाली टोलीका प्रशिक्षक बनेमा नेपाललाई सफलता प्राप्त गर्ने सम्भावना छ । उनको प्रशिक्षकत्वमा रहेका टोलीको सफलताको आधारलाई लिने हो भने नेपाली टोली पनि सम्भावना बोकेको टीम हो । सन् २०१४ मा सफल प्रशिक्षक पुबुधुले विश्वकप खेलाइसकेका नेपाली टोलीले विश्वक जिताई सकेका वाटमोरबाट पनि धेरै सफलता हात पार्ने अपेक्षा क्यानको छ । त्यसको लागि क्यानले आवश्यक छलफल गरेर उनलाई नै नेपाली टोलीको प्रशिक्षकका लागि मुख्य प्रथामिकतामा राखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC