site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगितााका खेलहरू पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछ ।

आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताका खेलहरू जेठ ५ गतेदेखि प्रत्येक शनिबार सञ्चालन हुनेछन् । जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेलहरू सञ्चालन हुनेछन् ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Global Ime bank

प्रतियोगितासँगै फुटसलका प्रतिभाहरूको प्रस्तुतीसहितको फ्रिस्टाइल स्किल च्यालेन्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विषेश कला भएकाले प्रस्तुती गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ ।

प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि यसपटक सहभागी कम्पनीहरूमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !